२५ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
×

पर्साबाट बन्दुकसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित बिहिबार, चैत्र २४, २०७८

न्यूजमधेश डेस्क
वीरगन्ज ,२४ चैत्र । सशस्त्र प्रहरीले पर्साको विन्दवासिनी गाउँपालिका–३ सबैठवाबाट दुई नाले बन्दुकसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बलको गस्ती टोलीले बिहीबार बिहान करिब ९ बजे सबैठवाको नहर चोकमा ना।५७ प ३६२८ नम्बरको मोटरसाइकलमा चढेका तीन जनालाई जाँच गर्दा ‘सुपर क्वालिटी लङ रेन्ज’ लेखिएको दुईनाले बन्दुक र त्यसमा लाग्ने कार्टिज एक थान बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जनाए ।

उनका अनुसार मोटरसाइकलमा चढेका पर्सागढी नगरपालिका–५ निवासी ४१ वर्षीय प्रेम ठाकुर, १६ वर्षीय राहुल ठाकुर र ५५ वर्षीय रामजी ठाकुरलाई नियन्त्रणमा लिइएको छ । तीनै जनालाई थप अनुसन्धानका लागि बन्दुकसहित जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]