०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

पर्साबाट बन्दुकसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित बिहिबार, चैत्र २४, २०७८

न्यूजमधेश डेस्क
वीरगन्ज ,२४ चैत्र । सशस्त्र प्रहरीले पर्साको विन्दवासिनी गाउँपालिका–३ सबैठवाबाट दुई नाले बन्दुकसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बलको गस्ती टोलीले बिहीबार बिहान करिब ९ बजे सबैठवाको नहर चोकमा ना।५७ प ३६२८ नम्बरको मोटरसाइकलमा चढेका तीन जनालाई जाँच गर्दा ‘सुपर क्वालिटी लङ रेन्ज’ लेखिएको दुईनाले बन्दुक र त्यसमा लाग्ने कार्टिज एक थान बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जनाए ।

उनका अनुसार मोटरसाइकलमा चढेका पर्सागढी नगरपालिका–५ निवासी ४१ वर्षीय प्रेम ठाकुर, १६ वर्षीय राहुल ठाकुर र ५५ वर्षीय रामजी ठाकुरलाई नियन्त्रणमा लिइएको छ । तीनै जनालाई थप अनुसन्धानका लागि बन्दुकसहित जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]