१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

छोरोलाई राजदूत नबनाएपछि एक्सनमा उत्रिए सभामुख

Logo
प्रकाशित शनिबार, चैत्र २६, २०७८

न्यूजमधेश डेस्क
काठमाडौँ ,२५ चैत्र।सरकारले चीनका लागि नेपाली राजदूतमा अर्कै व्यक्तिलाई सिफारिस गरेपछि प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा एक्सनमा उत्रिएका छन् । सापकोटाले आफ्नो छोरा रुपक सापकोटालाई चीनका लागि नेपाली राजदूत बनाउन चर्को दवाव दिएका थिए ।

मिडियाहरुले लामो समयदेखि समाचार लेखेर खबरदारी गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले यसलाई रोकेका हुन् । आफ्नो छोरालाई नियुक्ती नगरेपछि उनले चिनियाँ समकक्षीलाई गुनासो सुनाएका छन् ।

सापकोटाले चिनियाँ समकक्षी ली झान्सुसँग कुराकानी गरेर आफ्नो गुनासो पोखेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार चिनियाँ जनसंसदको स्थायीका कमिटीका अध्यक्ष (सभामुख) झान्सु र सभामुख सापकोटाबीच शुक्रबार दिउँसो भर्चुअल रूपमा कुराकानीका क्रममा यस्तो गुनासो पोखेका हुन् ।

साथै, कुराकानीका क्रममा दुई देशबीचको सम्बन्धका विविध आयामबारे छलफल भएको मन्त्रालयले जनाएको छ।दुबै देशका सांसदहरूबीच नियमित भ्रमण आदान–प्रदानको आवश्यकताबारे पनि कुराकानी भएको थियो।

दुबै जनाले आफ्नो देशमा भ्रमण गर्न समकक्षीहरूलाई निम्तो पनि दिएका थिए। कुराकानीमा दुबै देशका परराष्ट्र मन्त्रालयसहित संसदका उच्च अधिकारीहरूको सहभागिता थियो।

सरकारले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा माओवादी केन्द्रका नेता तथा पार्टीका निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठ सिफारिस गरेको छ । उनलाई सिफारिस गरेपछि सापकोट प्रचण्डसँग पनि फायर भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]