११ माघ २०८२, आइतबार
25-01-2026 , Sun
×

छोरोलाई राजदूत नबनाएपछि एक्सनमा उत्रिए सभामुख

Logo
प्रकाशित शनिबार, चैत्र २६, २०७८

न्यूजमधेश डेस्क
काठमाडौँ ,२५ चैत्र।सरकारले चीनका लागि नेपाली राजदूतमा अर्कै व्यक्तिलाई सिफारिस गरेपछि प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा एक्सनमा उत्रिएका छन् । सापकोटाले आफ्नो छोरा रुपक सापकोटालाई चीनका लागि नेपाली राजदूत बनाउन चर्को दवाव दिएका थिए ।

मिडियाहरुले लामो समयदेखि समाचार लेखेर खबरदारी गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले यसलाई रोकेका हुन् । आफ्नो छोरालाई नियुक्ती नगरेपछि उनले चिनियाँ समकक्षीलाई गुनासो सुनाएका छन् ।

सापकोटाले चिनियाँ समकक्षी ली झान्सुसँग कुराकानी गरेर आफ्नो गुनासो पोखेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार चिनियाँ जनसंसदको स्थायीका कमिटीका अध्यक्ष (सभामुख) झान्सु र सभामुख सापकोटाबीच शुक्रबार दिउँसो भर्चुअल रूपमा कुराकानीका क्रममा यस्तो गुनासो पोखेका हुन् ।

साथै, कुराकानीका क्रममा दुई देशबीचको सम्बन्धका विविध आयामबारे छलफल भएको मन्त्रालयले जनाएको छ।दुबै देशका सांसदहरूबीच नियमित भ्रमण आदान–प्रदानको आवश्यकताबारे पनि कुराकानी भएको थियो।

दुबै जनाले आफ्नो देशमा भ्रमण गर्न समकक्षीहरूलाई निम्तो पनि दिएका थिए। कुराकानीमा दुबै देशका परराष्ट्र मन्त्रालयसहित संसदका उच्च अधिकारीहरूको सहभागिता थियो।

सरकारले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा माओवादी केन्द्रका नेता तथा पार्टीका निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठ सिफारिस गरेको छ । उनलाई सिफारिस गरेपछि सापकोट प्रचण्डसँग पनि फायर भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]