२१ कार्तिक २०८२, शुक्रबार
07-11-2025 , Fri
×

बालक अपहरण गरी हत्या गर्ने ७ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, चैत्र २५, २०७८

न्यूजमधेश डेस्क
सर्लाही ,२५ चैत्र। जिल्ला प्रहरी कार्यालय सर्लाहीले बालक अपहरण गरी बन्धक बनाई कर्तव्य गरी मारेको घटनामा संलग्न सात जना अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । यही चैत २० गते राति जिल्लाको मलङ्गवा नगरपालिका–१२ गम्हरियाका दीपेन्द्र ठाकुरका छोरा अन्दाजी ८ वर्षका आकाश ठाकुरलाई अपहरण गरी बन्धक बनाई कर्तव्य गरी मारेको घटनामा संलग्न रहेका सात जना अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभिन पोख्रेलले जानकारी दिए ।

आफ्नै घरबाट हराएका बालकको खोजी गर्ने क्रममा छिमेकीको शौचालयको सेफ्टी टङ्याकीभित्र प्लाष्टिकको बोरामा शव फेला परेपछि अनुसन्धान गरेको सर्लाही प्रहरीले फेसबुक म्यासेन्जरबाट आकाशका आफुन्तसँग रु १५ लाख फिरौती माग गरेको खुल्न आएकोले सो कार्यमा संग्लग्न रहेका सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसन्धानबाट ती सातैजनाको संलग्नता रहेको खुलेपछि उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनीहरुले आकाशलाई छिमेकी जगदीश बडहीको घरको माथिल्लो तल्लामा लगी कर्तव्य गरी मारी शव प्लाष्टिकको बोराभित्र राखी बडहीको घरको शौचालयको सेफ्टी टङ्याकीभित्र हाली लुकाएको स्वीकार गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

मलङ्गवा नगरपालिका–१२ गम्हरियाका ६० वर्षीय जगदीश बडही, २१ वर्षीय कृष्ण ठाकुर, कृष्ण ठाकुरकीे श्रीमती अन्दाजी १८ वर्षीय निरुता शर्मा, २५ वर्षीया सङ्गीता बडही, सुनिल ठाकुर, ५० वर्षीय नेवा ठाकुर र मलङ्गवा नगरपालिका–११ का ३१ वर्षीय राकेश ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए ।

शव परीक्षणपश्चात मृतक आकाशको शव उनका आफन्तले बुझेका छन् । पक्राउ परेका सातै जनालाई अपहरण तथा शरीर बन्धक बनाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]