२१ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
×

धनुषाको सबैला नगरपालिका मेयरका उम्मेदवार बीपी साह को हुन् ?

Logo
प्रकाशित शुक्रबार, चैत्र २५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम, २५ चैत । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषा जिल्लाको सबैला नगरपालिकाको मेयरमा बीपी साहलाई उम्मेदवार बनाएको छ ।

जनमत पार्टी सबैला नगर समितिले साहलाई सर्वसम्मत रुपमा मेयरमा उठाउने निर्णय गरेपछि डा.राउतले स्वयम् आफ्नो फेसबुक पेजबाट साहको उम्मेदवारी घोषणा गरेका हुन् ।

३१ वर्षीय बीपी साह त्रिभुवन विश्विद्यालय केन्द्रीय विभागबाट एमए र नेपाल ल क्याम्पस काठमाडौंबाट एलएलबी गरेका हुन् । सँगै उनले राजनीतिशास्त्रमा बीए पनि गरेका छन् ।

विगत १५ वर्षदेखि पत्रकारिता गरेका साह झण्डै १२ वर्ष काठमाडौंमा बसेर संघीय संसदको संसदीय एवं राजनीतिक पत्रकारिता गरेका हुन् ।

रेडियो नेपाल, भारतीय टेलिभिजनलगायत कयौं मिडियामा काम गरेका साहले नेपालमा दर्ता हुने पहिलो अनलाइन न्यूजपोर्टल हुलाकी न्यूज डटकमका सम्पादक पनि हुन् ।

सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुर घर भएका साह किसान परिवारमा जन्मेका हुन् । तीन भाई बहिनी मध्ये सबभन्दा कान्छो बीपी साह सुरुवाती कालदेखि नै सामाजिक कार्यमा सक्रिय हुँदै आएका छन् । रघुनाथपुर सेवा समाजका अध्यक्षसमेत रहेका साहले न्यायका लागि भएका विभिन्न आन्दोलनमा सक्रिय भएर पटक पटक प्रहरी हिरासतमा पुगेका हुन् ।

आर्थिक रुपमा विभिन्नहरुका लागि सामाजिक संस्थामार्फत उनले सहयोग गर्दै आएका छन् । प्रहरी हिरातमा संकास्पद मृत्यु भएका शम्भू सादा र अस्पतालको बेडमा छटपटिएर मृत्यु भएका राजु सादालगायतको घटनामा दोषीलाई कारवाही गराउन भएको आन्दोलनमा उनी नेतृत्वदायी भूमिकामा थिए ।

निडर स्वभाव र सहयोगी भावनाका साह जनमत पार्टीमा स्थापना कालदेखि नै आवद्ध छन् । समाज परिवर्तन गर्ने दृष्टिकोण र समाजसुधारको अभियानमा उनी अगाडि छन् ।

धनुषा जिल्लाको सबैला नगरपालिका शिक्षित एवं व्यवसायिक नगरी भएकोले डा.सीके राउतले शिक्षित एवं स्वच्छ छबीका युवा बीपी साहलाई उम्मेदवार बनाएका हुन् । आन्तरिक सवेक्षणले बीपी साहले मेयरमा चुनाव जित्ने देखाएपछि जनमत पार्टीले उनलाई उम्मेदवार बनाएको दाबी गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]