०३ माघ २०८२, शनिबार
17-01-2026 , Sat
×

गोरिल्लाको ६५ औं जन्मदिन मनाइयो

Logo
प्रकाशित बिहिबार, बैशाख ०१, २०७९

काठमाडौँ ,१ बैशाख । सामन्यतः प्राकृतिक अवस्थामा गोरिल्ला प्रजातिको औसत आयु ४० देखि ५० वर्षसम्मको हुने गर्छ । चिडियाखानामा राखिएका गोरिल्लाहरु औसत उमेरभन्दा बढी समय बाँच्छन् । पर्याप्त हेरचाह, खानेकुरा, नियमित स्वास्थ्य परीक्षण, रेखदेखले गर्दा उनीहरु प्राकृतिक अवस्थाका गोरिल्लाभन्दा बढी स्वस्थ्य हुन्छन् ।

जर्मनीको बर्लिनस्थित बर्लिन चिडियाखानामा राखिएको एउटा गोरिल्लाको उमेर ६५ वर्ष पुगेको छ । ‘फोटाउ’ नाम दिइएको यो गोरिल्लाको जन्मदिनको अवसर पारेर बर्लिन चिडियाखानाले विशेष केक बनाइदियो । उक्त केक दही,चामल,सब्जी, रास्पबेरिज र ब्लुबेरिजहरुबाट निर्मित रहेको बीबीसीले जनाएको छ ।

बर्लिन चिडियाघरमा एप्स प्रजाति हेर्दै आएकी क्रिस्टियन अस्टले भनिन्,’सामान्यतः प्राकृतिक अवस्थामा गोरिल्ला ४० वर्षसम्म बाँच्‍न सक्छन् । तर यो गोरिल्ला औसत उमेरभन्दा २० वर्ष धेरै बाँचेको हो । फोटाउ अहिलेसम्मकै धेरै उमेरसम्म बाँचेको गोरिल्ला हो । ‘

केमरुन ट्रोपिकल रेनफरेस्टमा पाइने यो प्रजातिको गोरिल्ला मध्य अफ्रिकन गणराज्य, ग्याबन र कंगोमा पाइन्छ ।

एप्स प्रजातिभित्र सबैभन्दा ठूलो जीवमा ‘गोरिल्ला’ पर्छ । गोरिल्लाको तौल २ सय केजीसम्म हुन्छ । दैनिक रुपमा यिनले १५ देखि २० केजीसम्मको खाना खान्छन् । यिनले खाने खानामा रुखको पात, घाँस, फलफूललगायत हुन्छन् ।

बर्लिन चिडियाखानामा राखिएको यो गोरिल्ला वेस्टर्न लो गोरिल्ला प्रजातिभित्र पर्छ । यो आईयूसीएनको ‘अति संकटापन्‍न’ जीवमा सूचिकृत छ । यी प्रजातिहरु संसारबाटै लोप हुने खतरामा छन् । प्राकृतिक अवस्थमा रोग, चोरीतस्करी र बासस्थान विनासका कारण यिनीहरुको संख्या घट्दै गएको छ ।

फोटाउको जन्म सन् १९५७मा भएको अनुमान छ । यो पोथी गोरिल्लालाई पश्चिमी अफ्रिकाबाट फ्रान्समा सन् १९५९मा एक नाविक(सेलर)ले ल्याएका थिए । त्यसपछि यो गोरिल्लालाई जर्मनीको बर्लिन चिडियाघरमा राखिएको थियो । सन् १९७४ मा फोटाउले बच्चा जन्माएकी थिई । अहिले फोटाउको २ जना नाती, १३ जना पनाती र १६ वटा जनाती छन् । तीमध्ये ६ जना पनाती र १० जना जनाती अहिले पनि जिवित रहेको बर्लिन चिडियाखानाले जनाएको छ ।

फोटाउ अघि ‘कोलो’ नाम गरेकी गोरिल्ला सन् १९५६मा जन्मिएको थिई । कोलोको मृत्यु ६० वर्षको उमेरमा सन् २०१७मा भएको थियो । यस्तै, सन् २०१९मा अमेरिकामा ‘ट्रुडी’ नाम गरेकी गोरिल्लाको ६३ वर्षको उमेरमा मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]