२४ पुष २०८२, शुक्रबार
09-01-2026 , Fri
×

राजधानीका सडकबाट ५५ बालबालिकाको उद्धार

Logo
प्रकाशित शनिबार, बैशाख ०३, २०७९

न्यूजमधेश डेस्क
काठमाडौँ,३ बैशाख । काठमाडौँ उपत्यकाबाट ५५ जना सडक बालबालिकाको उद्धार गरिएको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद बालबालिका खोजतलास समन्वय केन्द्रको समन्वयमा प्रहरीले उनीहरूको उद्धार गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँले नगर प्रहरी कार्यालय तथा प्रहरी बृत्तहरूबाट संयुक्त रूपमा प्रहरी परिचालन गरी सडक पेटीमा बसी माग्दै हिँड्ने बालबालिकाको उद्धार गरेको हो ।

ती बालबालिकाले सडक यात्रुहरूसँग माग्दै हैरानी दिनुका साथै आवागमनमा समेत अवरोध पुर्‍याउँदै आएका थिए । ३३ बालक र २२ बालिका गरी ५५ जनाको उद्धार गरी बालबालिका खोजतलास समन्वय केन्द्र भृकुटीमण्डपमा बुझाइएको छ।

आफ्ना बालबालिकाहरूको उचित हेरचाह, लालन-पालन, रेखदेख गर्न सबै अभिभावकमा जिल्ला प्रहरी परिसर काठमाडौँले अनुरोध गरेको छ ।

सडक पेटीमा बालबालिकाहरूलाई छाडी माग्न लगाई पैदल यात्रुलाई हैरानी दिई आवागमनमा बाधा अवरोध पुर्‍याउने कार्यमा संलग्न गराएको पाइएमा कानुनबमोजिम कारबाही गरिनेसमेत प्रहरीले चेतावनी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]