२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

सिरहाको औरही गाउँपालिका अध्यक्षमा जनमत पार्टीबाट संजय यादव लड्ने पक्का

Logo
प्रकाशित सोमबार, बैशाख ०५, २०७९

न्यूजमधेश डेस्क
सिरहा,५ बैशाख ।सिरहाको औरही गाउपालिका अध्यक्षमा जनमत पार्टीले संजय यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा डा सीके राउत नेतृत्वको जनमत पार्टीले औरही गाउँपालिकाको अध्यक्ष पदमा यादव लाई बनाउने निर्णय भएको बुझिएको छ।

अध्यक्ष पदका उम्मेदवार यादव जनमत पार्टीका केन्द्रिय सचीव हुन् ।
यादव विद्यार्थी कालदेखिनै राजनीतिमा सक्रिय भएर काम गरिरहेको स्थानीयहरु बताउँछ ।

जनमत पार्टीले युवाहरुलाई नै प्राथमिकताका साथ उमेदवार बनाउने गरेको छ।अरु पार्टीमा युवाहरुलाई वडा अध्यक्षको टिकट पनि पाउँन गाह्रो रहेको देखिन्छ ।

तर जनमत पार्टीमा शिक्षित ,समाज परिवर्तन गर्ने खालका युवाहरुलाई उमेदवार बनाइरहेको यो सकारात्मक पक्ष रहेको स्थानीयबासीहरुले बताउछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]