११ कार्तिक २०८२, मंगलबार
28-10-2025 , Tue
×

जनमतको टिकट भ्रष्टाचार नगर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नेलाई

Logo
प्रकाशित सोमबार, बैशाख ०५, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम, ५ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै डा.सीके राउत नेतृत्वको जनमत पार्टीले उम्मेद्वारहरुको टुंगो लगाउँदैछ । कुनै दलसँग चुनावी तालमेल नगर्ने निर्णयमा पुगेको जनमतले आफ्नो उम्मेद्वारहरुलाई टिकट वितरण गर्न लागेको हो ।

भ्रष्टाचार विरोधी आन्दोलन चलाएको जनमत पार्टीले उम्मेद्वारको मापदण्ड समेत तय गरेको छ । जसमा भ्रष्टाचारविरुद्ध शून्यसहनशीलता रहेको जनमतका नेता बीपी साहले बताएका छन् ।

पालिका तथा वार्डहरुका लागि टिकट पाउन जनमत पार्टीले भ्रष्टाचार नगनेृ प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नेलाई टिकट दिइने नेता साहले जानकारी दिएका हुन् ।

जनमत पार्टी मुख्यतः प्रदेश नं. १, मधेश प्रदेश, लुम्बिनी प्रदेशमा आफ्नो उम्मेद्वारी दिन लागेको हो । यस्तै अन्य प्रदेशहरुमा पनि जनमतका उम्मेद्वारहरु रहने साहले बताए ।

मुख्यतः जनमतको आधार क्षेत्र मधेश प्रदेश, प्रदेश नं. १ र लुम्बिनी प्रदेश रहेको बताउँदै नेता साहले यी तीनवटै प्रदेशमा बलियो उपस्थिति हुने दाबी गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]