०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

मधेश प्रदेशका ११० स्थानीय तहको उम्मेदवार जनमत पार्टीले टुंग्यायो

Logo
प्रकाशित मंगलबार, बैशाख ०६, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,५ बैशाख ।डा. सिके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय तहको निर्वाचनका लागि मधेस प्रदेशका १ सय १० पालिकाका प्रमुख र उपप्रमुख टुंग्याएको छ । उम्मेदवारलाई जनकपुरस्थित पार्टीको केन्द्रीय सचिवालयमा सोमबार टिकट वितरणसमेत गरिएको छ ।

जनमत पार्टीले स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशका सबै १ सय ३६ वटै पालिका, प्रदेश १ को मोरङ र सुनसरीका केही पालिका र लुम्बिनी प्रदेशका केही पालिकामा उम्मेदवारी दिँदैछ । मधेस प्रदेशका एक महानगर वीरगन्ज, तीन उपमहानगर जनकपुर, कलैया र सिमरा–जितपुरको प्रमुख र उपप्रमुख टुंग्याउन बाँकी रहेकाले उनीहरुलाई पछि टिकट वितरण गरिने पार्टीका नेता बीपी साहले बताए । ‘सोमबार मधेस प्रदेशका १ सय १० पालिकाको प्रमुख र उपप्रमुखलाई टिकट नै वितरण गरिसकिएको छ, ’ साहले भने, ‘टिकट दिएसँगै उहाँहरुलाई आ–आफ्नो पालिकामा गएर चुनावी प्रचारप्रसार र गतिविधि बढाउन भनिएको छ ।’

जनमत पार्टीले आफ्ना उम्मेदवार चयनका लागि ९ वटा मापदण्ड तोकेको थियो । नेता साहका अनुसार त्यही मापदण्डमा टेकेर उम्मेदवारको छनोट गरिएको छ । स्थानीय तहमा बसेर जनसमर्थन पाएको, पार्टीमा योगदान गरेको व्यक्ति, भ्रष्टाचारलगायतका मुद्दामा विवादमा नतानिएको, संगठन विस्तार र आन्दोलनमा सक्रिय सहभागिता जनाएकालाई जनमत पार्टीले स्थानीय तहको निर्वाचनमा पालिकाको मेयर र उपमेयरको उम्मेदवार बनाएको छ ।

‘पार्टीमा धेरै अघिदेखि लागेका व्यक्तिहरुलाई टिकट बाँडिएको छ,’ जनमत पार्टीका अध्यक्ष राउतले भने, ‘पार्टीमा लागेको योगदानलाई ध्यानमा राखेर टिकट बाँडिएको हो । ठेकेदार र अन्य दलबाट टिकट लिन मात्रै हाम्रो पार्टीतिर आउनेलाई टिकट बाँडिएको छैन ।’

पार्टीले टिकट वितरण गरिएको उम्मेदवारलाई चुनावी खर्च आफैं बन्दोबस्त गर्न निर्देशनसमेत दिएको छ । जनमत पार्टीले वडाको भने वैशाख ७ र ८ गते उम्मेदवार टुंग्याउने र महानगरपालिका तथा उपमहानगरपालिकाको उम्मेदवार एक–दुई दिनमै तय गर्ने जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]