०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

सप्तरीमा जनमत पार्टीबाट को कुन स्थानीय तहमा चुनाव लड्ने हेर्नुस्

Logo
प्रकाशित बुधबार, बैशाख ०७, २०७९

न्यूजमधेश डेस्क
सप्तरी,७ बैशाख । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका गाउँपालिकामा जनमत पार्टीले शुशिल कुमार मण्डललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सोही गाउँपालिकाका वडा नम्बर २ निवासी मण्डललाई गाउँपालिका अध्यक्ष पदकालागि उम्मेदवार बनाइएको पार्टीले जनाएको छ ।

पार्टीको सचिवालयका अनुसार गाउँपालिकाको उपाध्यक्षको उम्मेदवारीकालागी संगिता कुमारी खङ्गको नाम चयन भएको छ ।

यसैगरी अग्निसाईर कृष्णासवरण गाउँपालिकाको अध्यक्षमा ललित यादव, कन्चनरूप नगरपालिकाको प्रमुखमा ईन्द्रदेव कौडगिया, उपप्रमुखमा सम्झाना राना, खडक नगरपालिकाको प्रमुखमा सुरत लाल साह, उपप्रमुखमा पिंकी भगत, डाक्नेश्वरी नगरपालिकाको प्रमुखमा सुरेन्द्र कान्त मण्डल, उपप्रमुखमा संतोषी साह, तिरहुत गाउँपालिकाको अध्यक्षमा बिष्णु प्रसाद यादव र उपाध्यक्षमा बसिरन खातुनलाई उम्मेदवार बनाउने निर्णय गरेका छन् ।

त्यसैगरी बलानबिहुल गाउँपालिकाको अध्यक्षमा खेमचन्द्र यादव, उपाध्यक्षमा रेणु यादव, बिष्णुपुर गाउँपालिकाको उपाध्यक्षमा अनिता कुमारी खंङ्ग, राजगढ गाउँपालिकाको अध्यक्षमा अशोक साह, छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा भुवनेश्वर मण्डल (बेलचन), उपाध्यक्षमा सावित्रि देवी राय, रूपनी गाउँपालिकाको अध्यक्षमा जय प्रकाश साह, उपाध्यक्षमा प्रमिला राजवंशी यादव, शम्भुनाथ नगरपालिकाको प्रमुखमा संजिव कुमार साह, उपप्रमुखमा सोमिन देवी साह, सप्तकोशी नगरपालिका प्रमुखमा प्रियंका सन्त, सुरूङ्गा नगरपालिकाको प्रमुखमा संजय कुमार साह, हनुमाननगर कंकालिनी नगरपालिकाको उपप्रमुखमा शुशिला यादवलाई उम्मेदवार बनाउने निर्णय भएको पार्टीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]