१३ पुष २०८२, सोमबार
29-12-2025 , Mon
×

जनमत पार्टीबाट जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष पदमा नबिन पण्डित भिड्ने

Logo
प्रकाशित बिहिबार, बैशाख ०८, २०७९

न्यूजमधेश डेस्क
खजुरी,८ बैशाख ।धनुषाको जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष पदमा नवीन पण्डितलाई जनमत पार्टीले चुनाव लडाउने निर्णय गरेको छ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनकनन्दिनी गाउँपालिकामा जनमत पार्टी धनुषाको जिल्ला सहसचिव समेत रहेका पण्डितलाई टिकट दिएको जनमत पार्टीका सचिवालय प्रमुख राजेश मण्डलले जनाएको छ।

त्यसैगरी उपाध्यक्षमा सुनिता कुमारी यादवलाई चुनाव लडाउने निर्णय गरेका हुन।

जनमत पार्टी जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिनेश साहका अनुसार गाउँपालिकाको वडा नम्बर १ मा संजिव कुमार यादव,२ मा धिरज कुमार मण्डल ,३ मा बिजय कुमार मुखिया ,४ मा अभिनाश कुमार ,५ मा राजकिशोर मण्डललाई वडा अध्यक्षको टिकट दिएको निर्णय गरेको छ।

यता , वडा नम्बर ६ मा अहिलेसम्म फिक्स नभएको जानकारी दिएको हो।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]