२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

एसईई आजदेखि, पाँच लाख १५ हजार परीक्षार्थी सहभागी

Logo
प्रकाशित शुक्रबार, बैशाख ०९, २०७९

न्यूजमधेश डेस्क
काठमाडौँ ,९ बैशाख ।माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ शुक्रबारबाट सुरु हुँदैछ। यो वर्ष एसईईमा पाँच लाख १४ हजार ९७७ विद्यार्थी सहभागी हुँदैछन् ।

कुल परीक्षार्थीमध्ये छात्राको संख्या दुई लाख ५७ हजार ९२४ छ भने छात्र दुई लाख ५७ हजार ५३ रहेका छन्।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार पहिलो दिन आज अंग्रेजीको परीक्षा हुँदैछ। वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य वा अंग्रेजीको परीक्षा हुँदैछ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। एसईई वैशाख २० गते सकिने छ।

नियमित तालिकाअनुसार चैतमा एसईई हुनुपर्ने थियो। कोरोना संक्रमणका कारण पठनपाठनमा असर पुगेपछि चैतमा कक्षा सञ्चालन गरेर वैशाखमा परीक्षा गरिएको हो।

कोरोनाकै कारण गत दुई वर्ष आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गरिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]