०६ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
×

एसईई आजदेखि, पाँच लाख १५ हजार परीक्षार्थी सहभागी

Logo
प्रकाशित शुक्रबार, बैशाख ०९, २०७९

न्यूजमधेश डेस्क
काठमाडौँ ,९ बैशाख ।माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ शुक्रबारबाट सुरु हुँदैछ। यो वर्ष एसईईमा पाँच लाख १४ हजार ९७७ विद्यार्थी सहभागी हुँदैछन् ।

कुल परीक्षार्थीमध्ये छात्राको संख्या दुई लाख ५७ हजार ९२४ छ भने छात्र दुई लाख ५७ हजार ५३ रहेका छन्।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार पहिलो दिन आज अंग्रेजीको परीक्षा हुँदैछ। वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य वा अंग्रेजीको परीक्षा हुँदैछ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। एसईई वैशाख २० गते सकिने छ।

नियमित तालिकाअनुसार चैतमा एसईई हुनुपर्ने थियो। कोरोना संक्रमणका कारण पठनपाठनमा असर पुगेपछि चैतमा कक्षा सञ्चालन गरेर वैशाखमा परीक्षा गरिएको हो।

कोरोनाकै कारण गत दुई वर्ष आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गरिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]