१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

राजर्षी जनक विश्वविधालय मा नयाँ पदाधिकारी को आगमन ।

Logo
प्रकाशित शुक्रबार, बैशाख ०९, २०७९

सुमित साह । जनकपुरधाम
आज राजर्षी जनक विश्वविधालय मा नयाँ पदाधिकारी को आगमन संगै करीव वर्ष दिन देखि चलिरहेको प्राज्ञिक आन्दोलन ले विश्राम लिएको छ । विश्वविधालय मा कार्यरत पेपर कोर्स कन्ट्रयाक्ट शिक्षकहरुले विश्वविधालय को समग्र बिकास तथा पेसागत हकहितको निम्ति गरिआइरहेको आन्दोलनको कारण ले करिब ८ महिनादेखी विश्वविधालय भि .सि . कार्यालय र रजिस्ट्रार कार्यालय तथा ५ महिना देखि सेवा आयोगमा लागेको ताला खुलेको छ। तत्कालीन भि.सि.भरत झा आन्दोलनरत शिक्षक हरु सङ बार्तै नगर्ने चटानी अडान व्यक्त गर्दै पुष महिनामा नै नछिरी आफ्नै घरबाट ४ बर्से कार्यकाल सकाई विदा भएका थिए । रिक्त रहेको उक्त भि .सि.पद मा मानबिकी संकायका डिन प्रा.डा. सैलेन्द्र नारायण मल्लिक तथा व्यवस्थापन संकायका डिन प्रा. जुगेस्वर साह नियुक्त भए सङै ,आन्दोलनरत शिक्षक हरुको माग नियम र कानुनले दिए सम्म सकारात्मक ढंग बाट समाधान गर्छौ भनी लिखित प्रतिबद्धता जनाए सङै लागेको ताला र आन्दोलन हाललाई स्थगित रहेको कुरा व्यवस्थापन संकायमा कार्यरत तथा रा ज बि पेपर कोर्स कन्ट्रयाक्ट शिक्षक संघ का उपसभापति सम्भु पोखरेल ले बताए । राजर्षी जनक विश्वविधालय ज्ञात रहोस संघीय सरकार द्वारा स्थापित मुलुककै सब भन्दा कान्छो र अति सस्तो शुल्कमा पढाइ हुने को विश्वविधालय रुपमा चिनाउन सफल रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]