१८ पुष २०८२, शनिबार
03-01-2026 , Sat
×

राजर्षी जनक विश्वविधालय मा नयाँ पदाधिकारी को आगमन ।

Logo
प्रकाशित शुक्रबार, बैशाख ०९, २०७९

सुमित साह । जनकपुरधाम
आज राजर्षी जनक विश्वविधालय मा नयाँ पदाधिकारी को आगमन संगै करीव वर्ष दिन देखि चलिरहेको प्राज्ञिक आन्दोलन ले विश्राम लिएको छ । विश्वविधालय मा कार्यरत पेपर कोर्स कन्ट्रयाक्ट शिक्षकहरुले विश्वविधालय को समग्र बिकास तथा पेसागत हकहितको निम्ति गरिआइरहेको आन्दोलनको कारण ले करिब ८ महिनादेखी विश्वविधालय भि .सि . कार्यालय र रजिस्ट्रार कार्यालय तथा ५ महिना देखि सेवा आयोगमा लागेको ताला खुलेको छ। तत्कालीन भि.सि.भरत झा आन्दोलनरत शिक्षक हरु सङ बार्तै नगर्ने चटानी अडान व्यक्त गर्दै पुष महिनामा नै नछिरी आफ्नै घरबाट ४ बर्से कार्यकाल सकाई विदा भएका थिए । रिक्त रहेको उक्त भि .सि.पद मा मानबिकी संकायका डिन प्रा.डा. सैलेन्द्र नारायण मल्लिक तथा व्यवस्थापन संकायका डिन प्रा. जुगेस्वर साह नियुक्त भए सङै ,आन्दोलनरत शिक्षक हरुको माग नियम र कानुनले दिए सम्म सकारात्मक ढंग बाट समाधान गर्छौ भनी लिखित प्रतिबद्धता जनाए सङै लागेको ताला र आन्दोलन हाललाई स्थगित रहेको कुरा व्यवस्थापन संकायमा कार्यरत तथा रा ज बि पेपर कोर्स कन्ट्रयाक्ट शिक्षक संघ का उपसभापति सम्भु पोखरेल ले बताए । राजर्षी जनक विश्वविधालय ज्ञात रहोस संघीय सरकार द्वारा स्थापित मुलुककै सब भन्दा कान्छो र अति सस्तो शुल्कमा पढाइ हुने को विश्वविधालय रुपमा चिनाउन सफल रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]