१८ माघ २०८२, आइतबार
01-02-2026 , Sun
×

जनकपुरधामको मेयरमा जनमतबाट अनिताको उम्मेदवारी दर्ता

Logo
प्रकाशित आइतबार, बैशाख ११, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम, ११ बैशाख । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले यसपटक पहिलो पटक औपचारिक रुपमै निर्वाचनमा सहभागिता जनाएको छ ।

निर्वाचनमा पहिलो पटक सहभागिता जनाएको जनमतले जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदमा आइतबार उम्मेदवारीसमेत दर्ता गराएको छ ।

जनमत पार्टीबाट जनकपुरधाम उपमहानगरको प्रमुखमा अनिता साहले मनोनयन दर्ता गराएकी हुन् ।

पार्टीको केन्द्रीय सचिवसमेत रहेकी साहलाई मेयरको उम्मेदवार बनाउन सिफारिस गरिएसँगै उनले उम्मेदवारी दर्ता गराएकी छन् ।

यसअघि सोमबार जनमत पार्टीले ११० वटा पालिकाको प्रमुख तथा उपप्रमुखको टुंगो लगाएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]