०४ आषाढ २०८१, सोमबार
17-06-2024 , Mon
×

सबैलाको मेयरमा जनमतबाट बीपी साहको उम्मेदवारी दर्ता

Logo
प्रकाशित आइतबार, बैशाख ११, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम, ११ बैशाख । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषाको सबैला नगरपालिकामा मेयर पदको उम्मेदवारी बीपी साहले दर्ता गराएको छ।

निर्वाचनमा पहिलो पटक सहभागिता जनाएको जनमतले सबैला नगरपालिकाको प्रमुख पदमा आइतबार उम्मेदवारीसमेत दर्ता गराएका हुन।

जनमत पार्टीबाट सबैला नगरपालिकाको मेयर पदमा बीपी साहले मनोनयन दर्ता गराउनुभएको हो।

पार्टीको प्रेस जनमत संघका केन्द्रिय अध्यक्षसमेत रहेको साहलाई मेयरको उम्मेदवार बनाउन सिफारिस गरिएसँगै उनले उम्मेदवारी दर्ता गराएका छन् ।

यसअघि सोमबार जनमत पार्टीले ११० वटा पालिकाको प्रमुख तथा उपप्रमुखको टुंगो लगाएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशका आठवटै जिल्लामा कृषि विद्युतीकरणको काम अगाडि बढाउन छलफल सुरु गर्नुभएको छ । उहाँले आज नेपाल विद्युत् प्राधिकरणका मधेस प्रदेश प्रमुख मोनिन्द्र ठाकुरलगायतसँग यस विषयमा छलफल गर्नुभएको हो । किसानलाई सिँचाइको सुविधा सहज बनाउन खेतमा विद्युत् पु¥याउने लक्ष्यअनुरुप मुख्यमन्त्री सिंहले छलफल अगाडि बढाउनुभएको उहाँको निजी सचिवालयले जनाएको […]

जनकपुरधाम । मधेश सरकारले आगामी आर्थिक वर्षदेखि किसान कार्ड वितरण र किसानलाई पेन्सन दिने भएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट शनिबार प्रदेशसभामा प्रस्तुत गर्दै अर्थमन्त्री भरत प्रसाद साहले किसान कार्ड र पेन्सनका लागि बजेट विनियोजन गरेको बताए । उनले कृषि विद्युतिकरण विस्तार र कृषि विल निःशुल्क गर्ने घोषणा पनि गरे । उनले […]

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मुस्लिम समुदायको महापर्व ईद-उल-अजहा (बक्र ईद) पर्वले मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । आज विहान शुभकामना सन्देश जारी गर्दै उहाँले यस्तो विश्वास व्यक्त गर्नुभयो । उहाँले बक्र ईदको अबसरमा स्वदेश र विदेशमा रहनु भएका सम्पूर्ण मुस्लिम नेपालीमा सुख, शान्ति तथा समृद्धिको […]