२८ कार्तिक २०८२, शुक्रबार
14-11-2025 , Fri
×

कमलामा जसपाबाट यादवले गराए उम्मेदवारी दर्ता

Logo
प्रकाशित सोमबार, बैशाख १२, २०७९

न्यूजमधेश डेस्क
सघारा,१२ बैशाख ।कमला नगरपालिकामा जनता समाजवादी पार्टी नेपालले मेयरमा पशुपति यादवलाई उम्मेदवार बनाएको छ।

सोमबार कमला नगरपालिकाको माचीस्थित निर्वाचन अधिकृत कार्यालयमा पुगेर यादवले मेयर पदको लागि उम्मेदवारी दर्ता गराएका हुन।

उनी जनता समाजवादी पार्टीका धनुषा जिल्ला अध्यक्षसमेत रहेको छ।

यसअघि २०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट चुनाव लडेका थिए।तर उनलाई नेपाली कांग्रेसबाट राम उदगार गोइतले हराएको थियो।

यता,आइतबारनै डा .सीके राउत नेतृत्वको जनमत पार्टीबाट मेयर पदको लागि दिपेन्द्र तेथबारले मनोनयन दर्ता गराएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]