२७ माघ २०८२, मंगलबार
10-02-2026 , Tue
×

सवैलाको चुनावी तालमेल

Logo
प्रकाशित सोमबार, बैशाख १२, २०७९

जीतेन्द्र कुमार राम

जनकपुरधाम,१२ बैसाख।
आसन्न निर्वाचन बैसाख ३० लाई लिएर माहौल तातिएको छ।कहि चर्चा परिचर्चा त कहि टिकट बाडफाडमा प्रतिनिधि ब्यस्त देखिएको छ।पार्टी कार्यालय धाउन प्रतिनिधि पनि पछि परेका छैनन ।गत स्थानिय चुनाव आम्दानिको मुख्य श्रोतकै रुपमा देखिएकोले यतिबेला दुइचारको बिचमा गफ दिने कार्यकर्तासहित संघिय प्रतिनिधि पनि पार्टी कार्यालयमा लाखौको रकम लेनदेन गरि तालमेल गर्नमा लिन छन।

कुरा गरौ सबैला नगरपालिकाको।सवैला नगरपालिकामा दुई शिर्ष दल नेपाली कांग्रेस र जनता समाजबादी पार्टी आपसी गठबन्धनबाट निर्वाचनमा भाग लिने भएका छन।जसमध्ये नेपाली कांग्रेसले नगरप्रमुख सहित वडा नं.१,२,३,७,८,९,१० र १२,१३ मा सम्पुर्ण प्यानल तथा जसपाले उप मेयर सहित वडा नं.४,५,६ र ११ मा सम्पुर्ण प्यानल सहित चुनावमा सहभागी हुने जनाइएको छ।

गठबन्धनमा मुख्य रुपमा नेपालि कांग्रेसको तर्फबाट क्षेत्र नं १ को क्षेत्रीय सभापति जितनारायण यादव,महासमिती सदस्य मनहरी श्रेष्ठ तथा जसपाको तर्फबाट केन्द्रिय सदस्य दिपक कार्की ,केन्द्रिय सदस्य श्यामनारायण यादवले नेपाली कांग्रेसको केन्द्रीय सदस्य आनन्द प्रसाद ढुंगानाको रोहबरमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन।

यसैगरी गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसको तर्फबाट जगत सुन्दर साह,उपमेयरमा श्यामनारायण यादवको उम्मेदवारी दर्ता भएको हो।त्यसैगरी एकल पार्टीबाट निर्वाचनमा होमिएका लोकतान्त्रिक समाजबादी पार्टीबाट रामचन्द्र जायसवाल उपमेयरमा नितु यादव पासमान ,जनमतबाट पत्रकार बिपि साह,एमालेबाट मेयर पदमा राजकिशोर यादब उपमेयरमा किरण कापर को उम्मेदवारी दर्ता भएको हो भने नेकपा माओवादीबाट पुर्व उधोग बाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको भाइ कारिराम यादबको सम्भावना उच्च रहेको भएपनी अहिले विभिन्न असन्तुष्टि रहेको भन्दै कसलाइ टिकट दिने भनी निर्णय भएको छैन।

त्यस्तै लोकतान्त्रिक समाजबादी पार्टीमा पहिलेदेखी नै चर्चामा रहेको नितु यादव पासमानलाइ नोमिनेशन नजिकिदा तेर्ह वटै वडाको खर्च बापत २३ लाख र ५ लाख चुनाव खर्च दिनुपर्ने भएको भन्दै नितु यादब पासमान पछाडि भएपछी पासमानका श्रीमान शंकर पासमानले नेपाल लोकतान्त्रिक पार्टी बाट मेयर पदको लागि टिकट लिएपनी पछि लोकतान्त्रिक समाजबादी पार्टीलाई उपमेयरको उम्मेदवार नभेट्दा नितु यादव पासमानलाइ नै टिकट दिइएको कारण शंकर पासमानले टिकट फिर्ता गरेका हुन ।

त्यस्तै नेकपा एमालेबाट टिकट पाएका जिल्ला धनुषा अध्यक्ष राजकिशोर यादव गत निर्वाचन २०७४ मा सवैला नगरपालिकाको मेयर पदमा भिडेपछि चौथो नम्बरमा परेको कारण यो निर्वाचनमा पनि उहालाइ अन्जान भनेर नचिनेको मान्छेलाई टिकट दिदा एमालेले नगरमा हार बेहोर्नुपरेको भनी नेकपा एमाले नगर कमिटी सवैलाले टायर बालेर नाराजुलुस सहित राजकिशोर यादव मुर्दाबाद,किरण कापर मुर्दाबादको नारा घन्काएका छन।

त्यसैगरि वडास्तरमा प्रतिनिधिले टिकट नपाउदा पार्टी समेत परित्याग गरेका छन।सवैला नगरपालिका वडा नं ३ का वडाध्यक्ष पदका आकांक्षी ताहिर हुसैनले एमाले परित्याग गरि लोसपाबाट वडामा टिकट पाउने भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]