२६ भाद्र २०८१, बिहिबार
12-09-2024 , Thu
×

लोसपा छाडेर एमाले हुँदा पनि टिकट नपाएपछि जानकी राम स्वतन्त्र उम्मदवारी

Logo
प्रकाशित सोमबार, बैशाख १२, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१२ बैशाख । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा छाडेर नेकपा एमाले प्रवेश गरेका जानकीराम साहले एमालेबाट पनि टिकट नपाएपछि जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

जनकपुरधाम वडा नम्बर ७ का अध्यक्ष रहेका साह लोसपा परित्याग गरि एक साताअघि एमाले प्रवेश गरेका थिए ।

मेयरको टिकट पाउने आशमा एमाले गएका उनले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन ।

उनीसँगै सामाजिक अभियन्ता सरोज मिश्रले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

एमालेले जनकपुधामको मेयरमा शिव शंकर साह हिरालाई उम्मेदवार बनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ,२६ भदौ। कृषि तथा पशुपंक्षी बिमामा अनुदानका लागि मधेश प्रदेशले थप दुई करोड रुपैयाँ विनियोजना गरेको छ । बिमा प्राधिकरण र मधेश प्रदेश सरकारबीच बिमासम्बन्धी समयामयीक छलफलमा मुख्यमन्त्री सतिशकुमार सिंहले कृषि तथा पशुपन्छी बिमामा थप अनुदानका लागि थप दुई करोड छुट्याएको जानकारी दिएका हुन् । अन्य प्रदेशमा सुरु गरिएको घर बिमा र दुर्घटना बिमाको […]

काठमाडौँ, १८ भदौ । खानेपानीमन्त्री प्रदीप यादवले उपत्यकामा बाह्रै महिना मेलम्चीको पानी वितरण गर्ने योजना तीव्रगतिमा अगाडि बढिरहेको जानकारी दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा)ले गर्नुभएको प्रश्नको उत्तर दिँदै उहाँले मेलम्चीको पानी बाह्रै महिना उपत्यकावासीको धारामा ल्याउने गरी काम भइरहेको जानकारी दिनुभयो । मन्त्री यादवले राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता […]

सुनसरी, १८ भदौ। भारी वर्षाका कारण खहरे खोलामा आएको बाढीले लगातार खोला कटान गर्न थालेपछि धरान उपमहानगरपालिका–१३ खहरे खोला नजिकका बस्ती उच्च जोखिममा परेका छन् । धरान–१३ की राधिका लिम्बू घरभित्र पानी पसेपछि घर सफा गर्न दुई दिन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “पानी पर्न थालेपछि राति घरमा सुत्न सकिँदैन कतिबेला बाढी आएर बगाउँछ भन्ने […]