१८ कार्तिक २०८२, मंगलबार
04-11-2025 , Tue
×

जसलाई एमालेमा प्रवेश गराए, उनैले मेयरको टिकट खोसिदिए

Logo
प्रकाशित सोमबार, बैशाख १२, २०७९

शैलेन्द्र महतो
बैशाख १२ , जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकामा नेकपा एमालेले निवर्तमान मेयर हरिनारायण महतोको टिकट खोसेको छ।

नेकपा एमाले नगर समितिबाट एकल सिफारिस भएका महतोको टिकट अन्ततः राजाराम महतोले पाउन सफल भएका छन्।

राजाराम पूर्व रियलस्टेट व्यावसायी हुन्। २०७४ को निर्वाचनमा काँग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेर उनले चुनाव लडेका थिए।

जसकाकारण एमालेबाट हरिनारायणलाई जित्न सहज भएको थियो।

एमाले धनुषा जिल्ला अध्यक्ष रहिसकेका हरिनारायणले टिकट वितरणमा रातारात खेल भएको बताए।

उनले सोमबार बिहानमात्रै आफूलाई टिकट नदिने निर्ण भएको बताए। महतोले नेता रघुवीर महासेठ टिकट वितरणमा मनोमानी गरेको आरोप लगाए।

अब यसबारेमा थप रणनीति बनाउन नेता कार्यकर्तासँग छलफल गरिरहेको उनले बताए।

राजारामलाई हरिनारायणले नै पहल गरेर केही वर्षअगाडि एमालेमा प्रवेश गराएका थिए। निवर्तमान मेयर हरिनारायण एमालेका केन्द्रीय सदस्य हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]