०९ चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

कमलामा काँग्रेसबाट मेयरमा विशेश्वर यादव गराए उम्मेदवारी दर्ता

Logo
प्रकाशित सोमबार, बैशाख १२, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१२ बैशाख । धनुषाको कमला नगरपालिकाको मेयर पदको लागि नेपाली काँग्रेस पार्टीबाट विशेश्वर यादवले मनोनयन दर्ता गराएका छ्न। ।

सोमबार कमला नगरपालिकाको कार्यालयस्थित रहेको निर्वाचन अधिकृत कार्यालयमा दिउँसो ३ः३० बजे पुगेर उनले काँग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

बलियो सँगठन र कसिलो पक्कड भएको विशेश्वर यादव मेयरको चुनावको लागि बलिया उम्मेदवार मानिन्छन् । यसअघि राम उदगार गोईतले पनि काँग्रेसबाट जसपाका उम्मेदवार पशुपति यादवलाई भारी मतान्तरले पराजीत गरेको थियो ।

यसापाली प्रथम पटक कमला नगरपालिकामा स्थानीय चुनावमा भाग लिएको जनमत पार्टीबाट दिपेन्द्र तेथवारले दिएका हुन।जनमतको सँगठन पनि कमला नगरपालिकामा कुनै पार्टी भन्दा कम देखिएको छ।

उपमेयरको लागि निवर्तमान उपमेयर शिला देवी मण्डल नेपाली काँग्रेसबाट उम्मेदवारी दिएकी हुन् । जनमतबाट रेखा देवी मण्डलले उपमेयरमा उम्मेदवारी दिएकी हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]