१२ माघ २०८२, सोमबार
26-01-2026 , Mon
×

निर्वाचन कार्यक्रमअन्तर्गत आज दाबी/विरोधको उजुरी दिन पाइने

Logo
प्रकाशित मंगलबार, बैशाख १३, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,१३ बैशाख । स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेहरूविरुद्ध आज दाबी/विरोधको उजुरी दिन पाइने भएको छ। उजुरी दिन भने निर्वाचन अधिकृतको कार्यालय जानुपर्नेछ।

निर्वाचन आयोगले तोकेको योग्यता पूरा नभएकाहरूविरुद्ध उजुरी दिन पाइन्छ। तर, आयोगले उम्मेदवारहरूको नामावली नै रुजु गरिसकेको छैन। तैपनि, आजै उजुरी दिने समय पनि आयोगले यसअघि नै तोकेको हो । आयोगले प्राप्त उजुरीमाथि जाँझबुझ भने १४ र १५ वैशाखमा गर्नेछ।

जाँझबुझपछि उम्मेदवारहरूको नामावली प्रकाशन हुनेछ। १६ वैशाखमा भने उम्मेदवारी फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन हुने आयोगले जनाएको छ।

१७ वैशाखमा उम्मेदवार बनेकाहरूले निर्वाचन चिह्न प्राप्त गर्नेछन्। र, ३० वैशाखमा निर्वाचन हुने छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]