२९ माघ २०८२, बिहिबार
12-02-2026 , Thu
×

सिरहा : गाउँपालिका औरहीमा जनमत पार्टीको चौतर्फी चर्चा

Logo
प्रकाशित मंगलबार, बैशाख १३, २०७९

दिपेन्द्र कुमार यादव , १३ बैशाख सिरहा: डा. सीके राउत नेतृत्वको जनमत पार्टी बाट सिरहाको औरही गाउँपालिका अध्यक्ष पदमा संजय यादव र उपाध्यक्ष पदमा गणिता यादव मनोनयन दर्ता गराएका छ्न। सोमबार दिउसो पार्टीका तर्फबाट पाँच वटै वडामा उम्मेदवारी दर्ता गराएको नेता बिनय यादवले बताए। वार्ड नम्बर १ बाट रामभुवन यादव , २ बाट परसुराम यादव , ३ बाट कुसेस्वर यादव , ४ बाट देब नारायण यादव र ५ बाट दिलिप कुमार यादव छन् । वहाँ यस अघि वडा अध्यक्ष हुनु हुन्थ्यो ।

आफुहरुको महत्वपूर्ण एजेन्ड जन्ताराज , भ्रष्टाचार मुक्त , आधुनिक र गुणस्तरीय शिक्षा , स्वास्थ्य , रोजगार , कृषिमा क्रान्ति रहेको बताउदै नेता राम आशिष यादबले जनता मौका दिए यी एजेन्डाहरुलाई कार्वयनयन गरि समृद्ध समाज निर्माण गरि देखाउने बताउनु भयो। केही दिन अगाडि यही औरही गाउँपालिकामा गहुको बीउ लुटिएको बिषयमा किसानहरु माथी जबर्जस्ती झुठा मुद्दा लगाएर दमन गरेपछी जनमत पार्टी प्रतिकार गरेका थिए भने किसानको हकमा देश व्यापी आन्दोलन नै गरेका थिए। पक्राउ परेका किसानलाई रिहा गराउन सफल भएकोले पनि सिरहाको औरहीमा जनमत पार्टीको चर्चा निकै देखिन्छ। सयौं बोरा गहुको बीउ गोदाममा थन्काएर बितरण नगरे पछि जनता लगेका थिए।

काठमाडौको त्रिभुवन विश्व बिद्यालय बाट स्नातकोत्तर गरेका गाउँपालिका अध्यक्षका उम्मेदवार संजय यादव पार्टीका केन्द्रिय सचिब हुन। भारतको महाराष्ट्रमा युवा नेतृत्व प्रशिक्षण पाएका यादव एक राजनैतिक प्रशिक्षक पनि हुन। जनमत पार्टीमा केन्द्रिय युवा अध्यक्ष देखि प्रशिक्षण बिभाग समेत सम्हालेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]