१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

कांग्रेसबाट शहिदनगरमा सुधिर गोइतले मेयरमा दिए उम्मेदवारी

Logo
प्रकाशित मंगलबार, बैशाख १३, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१३ बैशाख ।धनुषाको सहिद नगर नगरपालिकामा नेपाली कांग्रेसले सुधिर गोइत उम्मेदवार बनाएको छ ।

टिकटको लागि नगर कार्यसमितिले छ जनाको नाम सिफारिस गरेको थियो । कांग्रेसका मधेश प्रदेश समितिले सुधिर गाइतलाई छनोट गरेको छ ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ताको लागि दिएको दुई दिनको समयमा अन्तिम दिन सोमवार नगरपालिको निर्वाचन अधिकृत कार्यलय पुगेर उम्मेदवारी दर्ता गराएको हो ।

कांग्रेसको तर्फबाट उम्मेदवार भएका गोइत धनुषा जिल्ला कार्यसमितिको सदस्य समेत हुन । “मेरो उम्मेदवारी पदको लागि मात्रै नभइ साच्चैनै सहिद नगर नगरपालिकाको समृद्धि र विकासको लागि हो ।” उनले भने,“मैले चुनाव जिते भने जनतासँग गरेको एकएक प्रतिबद्धता पूरा गर्छौ ।”

गत चुनावमा सहिद नगरमा कांग्रेसले देबेन्द्र भर्खेरलाई उम्मेदवार बनाइएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]