१८ कार्तिक २०८२, मंगलबार
04-11-2025 , Tue
×

कांग्रेसबाट शहिदनगरमा सुधिर गोइतले मेयरमा दिए उम्मेदवारी

Logo
प्रकाशित मंगलबार, बैशाख १३, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१३ बैशाख ।धनुषाको सहिद नगर नगरपालिकामा नेपाली कांग्रेसले सुधिर गोइत उम्मेदवार बनाएको छ ।

टिकटको लागि नगर कार्यसमितिले छ जनाको नाम सिफारिस गरेको थियो । कांग्रेसका मधेश प्रदेश समितिले सुधिर गाइतलाई छनोट गरेको छ ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ताको लागि दिएको दुई दिनको समयमा अन्तिम दिन सोमवार नगरपालिको निर्वाचन अधिकृत कार्यलय पुगेर उम्मेदवारी दर्ता गराएको हो ।

कांग्रेसको तर्फबाट उम्मेदवार भएका गोइत धनुषा जिल्ला कार्यसमितिको सदस्य समेत हुन । “मेरो उम्मेदवारी पदको लागि मात्रै नभइ साच्चैनै सहिद नगर नगरपालिकाको समृद्धि र विकासको लागि हो ।” उनले भने,“मैले चुनाव जिते भने जनतासँग गरेको एकएक प्रतिबद्धता पूरा गर्छौ ।”

गत चुनावमा सहिद नगरमा कांग्रेसले देबेन्द्र भर्खेरलाई उम्मेदवार बनाइएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]