०१ बैशाख २०८३, बुधबार
15-04-2026 , Wed
×

कमला नगरपालिकामा मेयर र उपमेयरमा क-कसले दिए उम्मेदवारी ?

Logo
प्रकाशित बुधबार, बैशाख १४, २०७९

मनोज मोरबैता
जनकपुरधाम,१४ बैशाख ।३० बैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि ११ र १२ बैशाखमा उम्मेदवारी दर्ता कार्यक्रम सम्पन्न भएको छ।कमला नगरपालिकाको मेयरका लागि २१ जना र उपमेयरका लागि ८ जनाले मनोनयन दर्ता गराएका छ्न।

कमलाको मेयरमा विभिन्न राजनीति दलका ८ जना र स्वतन्त्रबाट १३ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत कार्यलय माची झिटकैयाले जनाएको छ।उपमेयरमा विभिन्न दलका ८ जनाले उम्मेदवारी दिएको छ।

मेयर र उपमेयरमा कुन पार्टीबाट क-कसले दिए उम्मेदवारी ?

डा .सीके राउत नेतृत्वको जनमत पार्टीबाट दिपेन्द्र कुमार तेथवार यादव,उपमेयरमा रेखा कुमारी मण्डल ,नेकपा एमालेबाट दिपेन्द्र कुमार यादव र उपमेयरमा रिता देवी मण्डल ,नेपाली कांग्रेसबाट मेयरमा विशेश्वर यादव र उपमेयरमा शिला देवी मण्डल ,जसपाबाट मेयरमा पशुपति यादव र उपमेयरमा पुनिता कुमारी ,लोसपाबाट मेयरमा बिरेन्द्र प्रसाद यादव र उपमेयरमा निलम कुमारी यादव,नेकपा एसबाट कुलदेव मोरबैता र उपमेयरमा सरस्वती सिंहा कुशवाहा ,राष्ट्रिय प्रजातन्त्रबाट मेयरमा राम नारायण मण्डल र उपमेयर बौवाबती देवी मण्डल ,माओवादी केन्द्रबाट बलराम बिराजी यादव र उपमेयरमा निलम कुमारी यादवले मनोनयन दर्ता गराएकी हुन।

त्यसैगरी स्वतन्त्रतर्फबाट मेयरको लागि रुपेश कुमार रान,उपेन्द्र यादव,कृष्ण देव यादव,जुगती रान यादव,दिलिप कुमार यादव,मुकेश कुमार महतो,रबिन कुमार मोरबैता,शिव नन्दन यादव,शिव शंकर यादव,श्यामलाल महतो कोइरी,संजिव कुमार यादव,सरोज कुमार यादव हिदृय कुमार यादवले मनोनयन दर्ता गराएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]