१६ पुष २०८२, बिहिबार
01-01-2026 , Thu
×

कमला नगरपालिकामा मेयर र उपमेयरमा क-कसले दिए उम्मेदवारी ?

Logo
प्रकाशित बुधबार, बैशाख १४, २०७९

मनोज मोरबैता
जनकपुरधाम,१४ बैशाख ।३० बैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि ११ र १२ बैशाखमा उम्मेदवारी दर्ता कार्यक्रम सम्पन्न भएको छ।कमला नगरपालिकाको मेयरका लागि २१ जना र उपमेयरका लागि ८ जनाले मनोनयन दर्ता गराएका छ्न।

कमलाको मेयरमा विभिन्न राजनीति दलका ८ जना र स्वतन्त्रबाट १३ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत कार्यलय माची झिटकैयाले जनाएको छ।उपमेयरमा विभिन्न दलका ८ जनाले उम्मेदवारी दिएको छ।

मेयर र उपमेयरमा कुन पार्टीबाट क-कसले दिए उम्मेदवारी ?

डा .सीके राउत नेतृत्वको जनमत पार्टीबाट दिपेन्द्र कुमार तेथवार यादव,उपमेयरमा रेखा कुमारी मण्डल ,नेकपा एमालेबाट दिपेन्द्र कुमार यादव र उपमेयरमा रिता देवी मण्डल ,नेपाली कांग्रेसबाट मेयरमा विशेश्वर यादव र उपमेयरमा शिला देवी मण्डल ,जसपाबाट मेयरमा पशुपति यादव र उपमेयरमा पुनिता कुमारी ,लोसपाबाट मेयरमा बिरेन्द्र प्रसाद यादव र उपमेयरमा निलम कुमारी यादव,नेकपा एसबाट कुलदेव मोरबैता र उपमेयरमा सरस्वती सिंहा कुशवाहा ,राष्ट्रिय प्रजातन्त्रबाट मेयरमा राम नारायण मण्डल र उपमेयर बौवाबती देवी मण्डल ,माओवादी केन्द्रबाट बलराम बिराजी यादव र उपमेयरमा निलम कुमारी यादवले मनोनयन दर्ता गराएकी हुन।

त्यसैगरी स्वतन्त्रतर्फबाट मेयरको लागि रुपेश कुमार रान,उपेन्द्र यादव,कृष्ण देव यादव,जुगती रान यादव,दिलिप कुमार यादव,मुकेश कुमार महतो,रबिन कुमार मोरबैता,शिव नन्दन यादव,शिव शंकर यादव,श्यामलाल महतो कोइरी,संजिव कुमार यादव,सरोज कुमार यादव हिदृय कुमार यादवले मनोनयन दर्ता गराएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]