१८ माघ २०८२, आइतबार
01-02-2026 , Sun
×

जसपाको उम्मेदवार : एकै नगरपालिकामा पती प्रमुखमा, पत्नी उपप्रमुखमा

Logo
प्रकाशित बुधबार, बैशाख १४, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,१४ बैशाख । स्थानीय तह निर्वाचनअन्तर्गत नेताहरुले आफ्ना नातागोतालाई टिकट दिएको समाचार आइरहँदा संखुवासभामा एकै घरबाट दुईजना प्रमुख र उपप्रमुखमा उठेका छन्।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीको तर्फबाट संखुवासभाको खाँदबारी नगरपालिकाको प्रमुख र उप प्रमुख पदमा उम्मेदवारी दिएका छन्।

लामो समय शिक्षण पेशामा आवद्ध रहेर अवकाश पाएका सीताराम तिम्सिना र पत्नी मैयादेवी तिम्सिनाले नगरको प्रमुख र उपप्रमुखमा मनोनयन गराएका हुन्।

उनीहरुले यसअघि नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पनि आवद्ध भएर सक्रिय राजनीति गरेका थिए।

उनीहरुको घर पहिले खाँदबारीकै ढुंगेधारा हो। अहिले उनीहरू खाँदबारी बजारकै घिमिरे गाउँ जाने टोलमा बस्छन्।

सीतारामलाई जनयुद्धका बेला संकटकालमा माओवादी आरोपमा नेपाली सेनाले यातना दिएको थियो।

खाँदबारीमा जसपाबाट सीतारामसँगै मुख्य दल र स्वतन्त्र गरी ९ जनाले प्रमुख पदका लागि उम्मेदवारी दिएका छन्।

मुख्य निर्वाचन अधिकृत शान्ति प्रसाद आचार्यका अनुसार खाँदबारी नगरपालिका प्रमुखमा पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका महेश थपलिया, उपप्रमुखमा नेकपा माओवादी केन्द्रका दिब्यराज बरालले मनोनयन गराएका छन्।

नगर प्रमुखमा नेकपा एमालेबाट जीतबहादुर घिमिरे र उपप्रमुखमा महेश्वरा श्रेष्ठले मनोनयन गराएका छन्।

राष्ट्रिय जनमुक्ति पार्टीका भरत राई, राष्ट्रिय जनमोर्चाका हेमकुमार गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका सोमनाथ खनाल र स्वतन्त्रबाट प्रविन कार्की, सुदिप गुरुङ र खड्ग बहादुर दमाईले नगर प्रमुखमा उम्मेदवारी दिएका छन्।

उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिरादेवी श्रेष्ठ र जनता समाजवादी पार्टीबाट मैया तिम्सिनाले उम्मेदवारी दर्ता गराएका छन्।

परिवारवादकै प्रशंगमा काठमाडौंको प्रमुखमा कांग्रेस नेता प्रकाशमान सिंहले पत्नी सिर्जना सिंहलाई उठाएका छन्। अर्कातिर विराटनगरको उपप्रमुखमा जसपा अध्यक्ष उपेन्द्र यादवले छोरा अमरेन्द्र यादवलाई टिकट दिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]