२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

कांग्रेसका स्वतन्त्रलाई उम्मेदवारी फिर्ता लिन महामन्त्री थापाको आग्रह

Logo
प्रकाशित बुधबार, बैशाख १४, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,१४ बैशाख ।सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र ढंगले उम्मेदवारी दिएका पार्टीका नेता, कार्यकर्तालाई फिर्ता लिन आग्रह गरेका छन्।

महामन्त्री थापाले निर्वाचनमा होमिएको वेला पार्टी निर्णयको सम्मान गर्दै आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका हुन्। नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा उनले गठबन्धन गरेर अघि जाने क्रममा भएका कमीकमजोरीबारे पार्टीले निर्वाचनपछि छलफल गर्ने उल्लेख गर्दै निर्वाचनमा होमिएको वेला पार्टीको निर्णयविपरीत उम्मेदवारी दिन नमिल्ने बताए।

त्यसरी उम्मेदवारी दिँदा पार्टीको हितमा नहुने उनले पटकपटक दोहोर्‍याए। उनले पार्टीभित्र गठबन्धन गरेर चुनावमा जाने कुरामा फरक मत रहे पनि अहिले पार्टीको निर्णयअनुसार मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए।

उनले भने, ‘गठबन्धन बनाएर निर्वाचनमा जाने विषयमा पार्टी भित्र फरक मत मात्रै होइन‚ ठूलो भिन्न मत पनि छ। यसबारे संघर्ष पनि भयो। त्यो संघर्ष छ र भोलिको दिनमा पनि रहन्छ। तर राजनीतिक दल भनेकै आफ्नो मतलाई दलको मत बनाउन कोसिस गर्ने हो। दलको मत बन्न सकेन भने पनि आफ्नो मतलाई दलको मत बनाउन कोसिस गरिरहन्छु भनेर दलले गरेको निर्णयलाई स्विकार गर्ने हो।’

उनले चुनावपछि पार्टीमा यी सबै विषयमा छलफल हुने बताए। ‘दोषीमाथि कारबाही गर्छौैं। तर आज म पार्टीका साथीहरुलाई यहीबाट आह्वान गर्न चाहन्छु–जब पार्टी एउटा निर्णय गरेर चुनावमा होमिइसकेपछि त पार्टीको निर्णयलाई सबैले मान्नुपर्छ। सम्मान गर्नुपर्छ‚‘ उनले भने‚ ‘म देशभरीका पार्टीका साथीहरू, जसले अहिले पार्टीको निर्णय बाहिर गएर स्वतन्त्र ढंगले उम्मेदवारी दिनु भएको छ। म तमाम ती साथीहरूलाई महामन्त्रीको रुपमा अनुरोध गर्न चाहन्छु–हामीसँग अरु २ दिनको समय बाँकी रहेकाले उम्मेदवारी फिर्ता लिनुस्।’

महामन्त्री थापाले आफूले पनि चुनावी तालमेलको विषयमा फरक मत राखेको तर पार्टीले गरेको निर्णय कार्यान्वयन गरेर अघि बढेको बताए। अन्यथा पार्टीमा फेरि फर्केर काम गर्न पाउने अवस्था रहन नसक्ने उनको भनाइ थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]