१४ पुष २०८२, मंगलबार
30-12-2025 , Tue
×

मालपोत कार्यालय जनकपुरका निमित्त प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

Logo
प्रकाशित शुक्रबार, बैशाख १६, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,१६ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार तथा मालपोत कार्यलय जनकपुरधामका मालपोत अधिकृत सुनिल कुमार झाविरुद्ध मुद्दा दर्ता गरेको छ।

जग्गासम्बन्धी हक सफा मुद्दामा फैसला गरिदिन्छु भनी सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा निमित्त कार्यलय प्रमुखसमेत रहेका मालपोत अधिकृत झालाई गत चैत २८ गते अख्तियारको टोलीले पक्राउ गरेको थियो।

अनुसन्धानका क्रममा सेवाग्राहीबाट ५ लाख रुपैयाँ घुस माग गरी लिएको पुष्टि भएकाले विशेष अदालत काठमाडौंमा आज आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

उनका अनुसार झा लाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ को घ बमोजिम ५ लाख रुपैयाँ बिगो कायम गरी जरिवाना र कैद सजायको माग दाबी लिइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]