२८ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

जनकनपुरधाम मेयर पदका उम्मेदवार अनिता साहले गरियो १५ बुँदे घोषणापत्र सार्वजनिक

Logo
प्रकाशित शनिबार, बैशाख १७, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम, १७ बैशाख । डा सीके राउत नेतृत्वका जनमत पार्टीबाट जनकपुरधाम उपमहानगरपालिकाका मेयर पदका लागि उम्मेदवारी दिएका अनिता साहले १५ बुँदे घोषणापत्र सार्वजनिक गर्नुभएको छ ।

शनिवार जनकपुरधामस्थित पार्टीको केन्द्रिय सचिवालयमा पत्रकार सम्मेलनको योजना गरी साहले आफू विजयी भएमा जनकपुरधामको विकासका लागि आफू प्रतिबद्ध रहने र घोषणापत्र अनुसार विकास गरेर देखाउन दावी गरेकी हुन ।

उनले घोषणा पत्रमा पहिलो बुँदामा जनकपुरधामको फोहर मैलाको व्यवस्थापन गर्ने, सार्वजनिक गुठी तथा मठमन्दिरको जग्गा÷सम्पति संरक्षण गर्ने, आन्तरिक राजस्व चुहावटको रोकथाम, आयको वृद्धि सुनिश्चित, आँगनमा नगरपाकिला मोवाइलबाट काम गर्ने गराउने बताउनुभएको छ।

त्यसगरी भ्रष्टाचार सफाई, घुस लिनेलाई कारवाही, जनकपुरवासीको स्वस्थ्य नगरको जिम्मेवारी, फ्री वाईफाई तथा सीसीटीवी जोनको स्थापना, घर घर रोजगारी, विदेशबाट फर्किदा स्वागतको तयारी, जल निकासको व्यवस्थापन र कृषि क्रान्ति लगायतको घोषणपत्रमा रहेको छ ।

उक्त कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाको उपमेयर सन्तोष कुमार साह,गैर आवासीय मधेशी संघका अन्तरास्ट्रिय समितीका अध्यक्ष शम्भु नाथ साह,महासचिव श्याम बाबू महतोलगाइतका पार्टीका नेताहरुको उपस्तिथिमा घोषणा पत्र सार्वजनिक गर्नुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]