०४ आषाढ २०८१, सोमबार
17-06-2024 , Mon
×

जनकनन्दिनीको खजुरीमा जनमतको घरदैलो

Logo
प्रकाशित आइतबार, बैशाख १८, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१७ बैशाख ।धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर ५ खजुरीमा डा सीके राउत नेतृत्वको जनमत पार्टीले घरदैलो कार्यक्रम सुरु गरिएको छ।

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टीले चुनावी गतिविधिलाई तिव्रता दिएको हो । घरदैलोको क्रममा स्थानीयसँग जनमतका उम्मेदवार नवीन पण्डितको प्यानललाई जिताउन नेता कार्यकर्ताहरुले आग्रह गरेका छन् ।

जनमत पार्टी जनकनन्दिनी गाउँपालिका संयोजक दिनेश साह,उपाध्यक्ष राम रत्न मण्डल ,पार्टीका नेता मोहन कामत,विद्यार्थी जनमत संघ धनुषा सचीव बैजनाथ साहलगाइतको उपस्थितिमा घरदैलो गरिरहेको छ।

जनमत पार्टीप्रति बढ्दै गएको जनलहरका कारण जनमतका उम्मेदवारको नै बिजयी सुनिश्चित भएको स्थानीयहरु प्रतिक्रिया दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशका आठवटै जिल्लामा कृषि विद्युतीकरणको काम अगाडि बढाउन छलफल सुरु गर्नुभएको छ । उहाँले आज नेपाल विद्युत् प्राधिकरणका मधेस प्रदेश प्रमुख मोनिन्द्र ठाकुरलगायतसँग यस विषयमा छलफल गर्नुभएको हो । किसानलाई सिँचाइको सुविधा सहज बनाउन खेतमा विद्युत् पु¥याउने लक्ष्यअनुरुप मुख्यमन्त्री सिंहले छलफल अगाडि बढाउनुभएको उहाँको निजी सचिवालयले जनाएको […]

जनकपुरधाम । मधेश सरकारले आगामी आर्थिक वर्षदेखि किसान कार्ड वितरण र किसानलाई पेन्सन दिने भएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट शनिबार प्रदेशसभामा प्रस्तुत गर्दै अर्थमन्त्री भरत प्रसाद साहले किसान कार्ड र पेन्सनका लागि बजेट विनियोजन गरेको बताए । उनले कृषि विद्युतिकरण विस्तार र कृषि विल निःशुल्क गर्ने घोषणा पनि गरे । उनले […]

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मुस्लिम समुदायको महापर्व ईद-उल-अजहा (बक्र ईद) पर्वले मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । आज विहान शुभकामना सन्देश जारी गर्दै उहाँले यस्तो विश्वास व्यक्त गर्नुभयो । उहाँले बक्र ईदको अबसरमा स्वदेश र विदेशमा रहनु भएका सम्पूर्ण मुस्लिम नेपालीमा सुख, शान्ति तथा समृद्धिको […]