०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

मतदाता रिझाउन धारा पाइप बाँड्दै सरावगी, प्रहरीद्वारा नियन्त्रण

Logo
प्रकाशित सोमबार, बैशाख १९, २०७९

न्यूजमधेश डेस्क
वीरगञ्ज, १९ बैशाख । मतदातालाई प्रभावित पार्न एमाले लोसपा गठबन्धनबाट वडाअध्यक्षका उम्मेदवारले वितरण गर्न ल्याएको धारा र पाइप प्रहरीले नियन्त्रणमा लिएको छ ।

एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को गठबन्धनका वडाअध्यक्षका उम्मेदवार सन्तोष तिवारीले ल्याएको एक ट्रक धारा र पाइप वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ बिन्दवासिनीबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदातालाई प्रभावित पार्न निर्वाचन आयोगको आचारसंहिता विपरित धारा र पाइप वितरण गर्न लागेको जिल्ला निर्वाचन कार्यालयको सूचनाको आधारमा धारा र पाइपसहितको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।

तिवारीको आफ्नो कुनै धारा तथा पाइपको पसल नभएको हुँदा लोसपा र एमालेको गठबन्धनबाट वीरगञ्ज महानगरपालिकाको मेयरका उम्मेदवार बिजय कुमार सरावगीको निर्देशनमा वितरण गर्नका लागि ल्याइएको स्थानीयले बताएका छन् ।

धारा र पाइप लोड गरिएको ना. ७ त २५७० नम्बरको ट्याक्टरलाई नै स्थानीयले रोकेर निर्वाचनताका किन बाँडेको भन्दै प्रहरी एवम् निर्वाचन आयोगलाई खबर गरेका थिए । यता कलवारले भने मधेश प्रदेशका प्रदेश सभा सदस्य रमेश कुर्मीको आग्रहमा खरिद गरिएको धारा र पाइप ल्याएको प्रतिक्रिया दिएका छन् ।

नियन्त्रीत ट्याक्टरसहित धारा एवम् पाइपको बारेमा थप अनुसन्धान भईरहेको खनालको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]