१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

धनुषामा करेन्ट लागेर बुवा र छोराको संगै मृत्यु

Logo
प्रकाशित शुक्रबार, साउन १०, २०७६

जनकपुरधाम।धनुषाको पुर्वी क्षेत्रमा रहेको कमला नगरपालिका वाड नं.१ मंगराहामा बुवा र छोराको शुक्रबार करेन्ट लागेर मृत्यु भएको छ।

स्थानीय ४५ वर्षीय जोगेन्द्र मण्डल र उनका २२ वर्षीय छोरा धर्मेन्द्र मण्डल खेतमा काम गर्न गएका बेला करेन्ट लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय यदुकुहाले जनाएको छ ।

करेन्ट लागेर घाइते भएको अवस्थामा उपचारका लागि यदुकुहा हेल्थ केयरमा लगेपनि त्यहाँ उपचार संभव नभएपछि उनिहरुलाई थप उपचारका लागि जनकपुरको जानकी हेल्थकेयरमा लग्दा मृत्यु भएको स्थानीय संतोष शर्माले बताएको छ।

बुवा र छोराको जनकपुर अञ्चल अस्पतालमा पोष्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यलय धनुषाले  जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]