०९ पुष २०८२, बिहिबार
25-12-2025 , Thu
×

श्रीमती वडाध्यक्ष र श्रीमान वडा सदस्यको उम्मेदवार

Logo
प्रकाशित सोमबार, बैशाख १९, २०७९

सुरेन्द्र यादव
जनकपुरधाम १९ वैशाख ।आसन्न स्थानीय तहको निर्वाचनमा एउटा वडामा श्रीमान श्रीमतीले उम्मेदवारी दिएका छन्।

जिल्लाको हँसपुर नगरपालिका–९ मा श्रीमती अनिताकुमारी यादव महतो वडाध्यक्ष र श्रीमान श्रवण महतो वडा सदस्य पदको उम्मेदवार बनेका छन्। उनीहरु दुबैजनाले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीबाट उम्मेदवारी दिएका हुन्।

एउटै दलबाट उम्मेदवारी दिँदा प्रमुख उपप्रमुखमध्ये कुनै एक पदमा महिला अनिवार्य हुनुपर्ने संविधानमा उल्लेख गरिएको छ। समावेशी कारण उपप्रमुख र वडा सदस्य पदमा उम्मेदवारी दिएपनि वडाध्यक्षमा उम्मेदवारी दिने महिलाको संख्या न्यून देखिन्छ।

महिला संविधानले तोकिएकै पदमा मात्रै नबस्ने आफ्नो योग्यता र क्षमताका जुनसुकै पदमा भिड्न सकिने सक्षम छन् भन्ने देखाउनका लागि आफूले वडाध्यक्षमा उम्मेदवारी दिएको यादवले बताइन्। उनले भनिन्, ‘प्रायः जसो वडाध्यक्षामा पुरुषले नै उम्मेदवारी दिएको छ। आफूले श्रीमानको सहमतिमा उम्मेदवारी दिएको छु। म निर्वाचित भए कुनै पुरुषभन्दा कम काम गर्दिनँ।’

सो वडामा अर्की महिला विभा ठाकुर पनि वडाध्यक्षमा उम्मेदवारी दिएकी छिन्। उनले जनमत पार्टीबाट उम्मेदवारी दिएकी हुन्। उनको शैक्षिक योग्यता एसएलसीको छ। उक्त वडामा अध्यक्ष पदका लागि पाँच जनाले उम्मेदवारी दिएका छन्।

एमालेबाट राजे मण्डल, माओवादी केन्द्रबाट गम्भीर साह, नेपाली कांग्रेसबाट प्रदिप मण्डल, लोसपाबाट निवर्तमान वडाध्यक्ष नरेश मण्डल र जसपाबाट चन्द्र साहले उम्मेदवारी दिएका छन्।

एकीकृत समाजवादीबाट उम्मेदवारी दिएकी यादव स्नातक उत्तिर्ण गरेकी छिन्। उनी अहिले व्यापार व्यवसायीमा संलग्न छिन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]