१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

श्रीमती वडाध्यक्ष र श्रीमान वडा सदस्यको उम्मेदवार

Logo
प्रकाशित सोमबार, बैशाख १९, २०७९

सुरेन्द्र यादव
जनकपुरधाम १९ वैशाख ।आसन्न स्थानीय तहको निर्वाचनमा एउटा वडामा श्रीमान श्रीमतीले उम्मेदवारी दिएका छन्।

जिल्लाको हँसपुर नगरपालिका–९ मा श्रीमती अनिताकुमारी यादव महतो वडाध्यक्ष र श्रीमान श्रवण महतो वडा सदस्य पदको उम्मेदवार बनेका छन्। उनीहरु दुबैजनाले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीबाट उम्मेदवारी दिएका हुन्।

एउटै दलबाट उम्मेदवारी दिँदा प्रमुख उपप्रमुखमध्ये कुनै एक पदमा महिला अनिवार्य हुनुपर्ने संविधानमा उल्लेख गरिएको छ। समावेशी कारण उपप्रमुख र वडा सदस्य पदमा उम्मेदवारी दिएपनि वडाध्यक्षमा उम्मेदवारी दिने महिलाको संख्या न्यून देखिन्छ।

महिला संविधानले तोकिएकै पदमा मात्रै नबस्ने आफ्नो योग्यता र क्षमताका जुनसुकै पदमा भिड्न सकिने सक्षम छन् भन्ने देखाउनका लागि आफूले वडाध्यक्षमा उम्मेदवारी दिएको यादवले बताइन्। उनले भनिन्, ‘प्रायः जसो वडाध्यक्षामा पुरुषले नै उम्मेदवारी दिएको छ। आफूले श्रीमानको सहमतिमा उम्मेदवारी दिएको छु। म निर्वाचित भए कुनै पुरुषभन्दा कम काम गर्दिनँ।’

सो वडामा अर्की महिला विभा ठाकुर पनि वडाध्यक्षमा उम्मेदवारी दिएकी छिन्। उनले जनमत पार्टीबाट उम्मेदवारी दिएकी हुन्। उनको शैक्षिक योग्यता एसएलसीको छ। उक्त वडामा अध्यक्ष पदका लागि पाँच जनाले उम्मेदवारी दिएका छन्।

एमालेबाट राजे मण्डल, माओवादी केन्द्रबाट गम्भीर साह, नेपाली कांग्रेसबाट प्रदिप मण्डल, लोसपाबाट निवर्तमान वडाध्यक्ष नरेश मण्डल र जसपाबाट चन्द्र साहले उम्मेदवारी दिएका छन्।

एकीकृत समाजवादीबाट उम्मेदवारी दिएकी यादव स्नातक उत्तिर्ण गरेकी छिन्। उनी अहिले व्यापार व्यवसायीमा संलग्न छिन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]