१० माघ २०८२, शनिबार
24-01-2026 , Sat
×

सेवाग्राहीको काममा सहजता सहित भ्रष्टाचारमुक्त पालिका वनाउछौ : मनोज चौधरी

Logo
प्रकाशित मंगलबार, बैशाख २०, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२० बैशाख ।आसन्न स्थानियतहको निर्वाचनलाई मध्यनजर गर्दै जनकपुरधाम उपमहानगरपालिकालागि मेयरका उम्मेदवार मनोज चौधरी घरदैलो अभियानलाई तिव्रता दिएका छन ।

दैनिकीरुपमा घरदैलो अभियान संचालन गरिरहेका चौधरीले मंगलवार जनकपुरधाम उपमहानगरपालिका वार्ड नं १४ स्थित मुजेलीया टोलमा घरदैलो अभियान संचालन गरेका छन ।मुजेलीयामा जनतासंग प्रत्यक्ष कुराकानी गर्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल जनकपुरधामका नगर अध्यक्ष समेत रहेका चौधरीले जनकपुरधाममा व्याप्त रहेको मच्छरको समस्या समाधानका लागि पहिलो कदम चाल्ने र मच्छर समस्यालाई निर्मुल गरेरै छाडने प्रतिवद्धता जनाए ।

उनले नगरको प्रमुख सडकहरुमा सुधार गरिएपनि नगरका विभिन्न टोलहरुमा अहिले पनि हिलो नै हिलो रहेकोले सडक सुधार कार्यक्रमलाई नेतृत्व लिएको पहिलो चरणमै काम सुरु गर्ने वताए । नगरमा व्याप्त रहेको फोहरको व्यवस्थापनको समस्यालाई सुधार गर्नका लागि फोहर बाट मोहर कमाउने अभियान अनुरुप फोहरहरुबाट मल तयार गरि फोहर व्यवस्थापन गर्ने वताउदै मेयर उम्मेदवार चौधरीले उपमहानगरपालिकामा सेवाग्राहीलाई काम गराउन हुने कठिनाईलाई समाप्त गर्दै भ्रष्टाचार मुक्त नगरपालिका वनाउने आफनो पहिलो पहल हुने उनले प्रतिवद्धता जनाए ।

कार्यक्रमममा लोसपा नेपाल धनुषाका अध्यक्ष तथा प्रदेशसभा सदस्य परमेश्वर साह,जनकपुरधाम उपमहानगरपालिकाबाट उपमेयरकि उम्मेदवार रिता कुमारी मिश्र,लोसपा युवा नेता संजय चौधरी लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]