०७ बैशाख २०८३, मंगलबार
21-04-2026 , Tue
×

जसपा नेता अधिकारीमाथि मध्यरातमा कसले गर्‍याे आक्रमण ?

Logo
प्रकाशित बुधबार, बैशाख २१, २०७९

न्यूजमधेश डेस्क
सिरहा ,२१ बैशाख। सिरहामा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्दीय पार्टी कार्यालय सचिव प्रकाश अधिकारीमाथि आक्रमण भएको छ ।

पश्चिमबाट पूर्व आइरहेका उनीमाथि पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहा र मिर्चैया नगरपालिकाको सीमानामा पर्ने घुर्मी खोला पुल नजिक मंगलबार राति अज्ञात समूहले आक्रमण गरेकाे हाे ।

आक्रमणबाट उनी घाइते भएका छन् । उपचारपछि उनी गोलबजारतर्फ लागेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी हरि वलीले जानकारी दिए ।

उनी सिरहा नगरपालिकाका निर्वतमान मेयर अशेश्वर यादव चढ्दै आएकाे बा. २ झ ३६५१ सेतो नम्बरको सरकारी गाडी चढेर काठमाडौंबाट आएको बताइएको छ । स्कारपियो इलाका प्रहरी कार्यालय मिर्चैयाको नियन्त्रणमा रहेको छ ।

अधिकारीलाई कसले किन आक्रमण गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]