०१ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

भ्रष्ट्राचार मुक्त जनकनन्दिनी बनाउने उद्देश्य छ : नविन पण्डित

Logo
प्रकाशित बुधबार, बैशाख २१, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२१ बैशाख । डा सीके राउत नेतृत्वको जनमत पार्टीका जनकनन्दिनी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार नविन पण्डितले भ्रष्टाचार मुक्त पालिका बनाउने उद्देश्य बोकेर उम्मेदवारी दिएको बताए ।

उनले भ्रष्ट्राचारले देश सखाप भएकाले त्यसको न्युनिकरणलाई आफ्नो उम्मेदवारी रहेको बताए । उनले जनकनन्दिनीबासीको माया र मागका कारण आफूलाई पार्टीले उम्मेदवार बताएको बताए ।

पण्डित जनकनन्दिनीलाई समृद्ध बनाउनका लागि आफू सदैव लाग्ने र त्यसका लागि विज्ञहरुको सल्लाहमा योजनाहरु ल्याउने बताए ।

‘जनकनन्दिनीको समृद्धि, विकास र भ्रष्टाचारमुक्त स्थानीय तह बनाउन जनकनन्दिनीको जनताको माग र मायाका कारण मलाई पार्टीले उम्मेदवार बनाएको हो ।’

उनले भने, ‘यहाँका युवा, महिला र जनताले मलाई माया र विश्वास गरेर भ्रष्टाचारमुक्त जनकनन्दिनी बनाउन गरेको आग्रहले मैले उम्मेदवारी दिएको हुँ ।’

पण्डितले मतदाताको विश्वास नतोड्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने ‘मैले र मेरो परिवारले बेइमानी गरेर एक कौडी पनि खाएका छैनौ । म मेरा मतदाताहरूको विश्वास तोड्दिन र कसैलाई बेइमानी पनि गर्न दिनेछैन ।’

जनकनन्दिनी गाउँपालिकामा स्वास्थ्य क्षेत्र निकै कमजोर रहेकोले आफू विजयी भएपछि अस्पतालमा विशेषज्ञ सेवा सहितको सुविधायुक्त बनाउने बताए । जनकनन्दिनी गाउँपालिकाका ६ वटै वडा समेट्नेगरी चक्रपथ निर्माण गर्ने, घर घरमा एक जनालाई रोजगारी दिने योजनाहरु रहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]