०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

भ्रष्ट्राचार मुक्त जनकनन्दिनी बनाउने उद्देश्य छ : नविन पण्डित

Logo
प्रकाशित बुधबार, बैशाख २१, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२१ बैशाख । डा सीके राउत नेतृत्वको जनमत पार्टीका जनकनन्दिनी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार नविन पण्डितले भ्रष्टाचार मुक्त पालिका बनाउने उद्देश्य बोकेर उम्मेदवारी दिएको बताए ।

उनले भ्रष्ट्राचारले देश सखाप भएकाले त्यसको न्युनिकरणलाई आफ्नो उम्मेदवारी रहेको बताए । उनले जनकनन्दिनीबासीको माया र मागका कारण आफूलाई पार्टीले उम्मेदवार बताएको बताए ।

पण्डित जनकनन्दिनीलाई समृद्ध बनाउनका लागि आफू सदैव लाग्ने र त्यसका लागि विज्ञहरुको सल्लाहमा योजनाहरु ल्याउने बताए ।

‘जनकनन्दिनीको समृद्धि, विकास र भ्रष्टाचारमुक्त स्थानीय तह बनाउन जनकनन्दिनीको जनताको माग र मायाका कारण मलाई पार्टीले उम्मेदवार बनाएको हो ।’

उनले भने, ‘यहाँका युवा, महिला र जनताले मलाई माया र विश्वास गरेर भ्रष्टाचारमुक्त जनकनन्दिनी बनाउन गरेको आग्रहले मैले उम्मेदवारी दिएको हुँ ।’

पण्डितले मतदाताको विश्वास नतोड्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने ‘मैले र मेरो परिवारले बेइमानी गरेर एक कौडी पनि खाएका छैनौ । म मेरा मतदाताहरूको विश्वास तोड्दिन र कसैलाई बेइमानी पनि गर्न दिनेछैन ।’

जनकनन्दिनी गाउँपालिकामा स्वास्थ्य क्षेत्र निकै कमजोर रहेकोले आफू विजयी भएपछि अस्पतालमा विशेषज्ञ सेवा सहितको सुविधायुक्त बनाउने बताए । जनकनन्दिनी गाउँपालिकाका ६ वटै वडा समेट्नेगरी चक्रपथ निर्माण गर्ने, घर घरमा एक जनालाई रोजगारी दिने योजनाहरु रहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]