२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

जनकपुरधामलाई फोहर मुक्त शहर वनाउछौ ः मनोज चौधरी

Logo
प्रकाशित बुधबार, बैशाख २१, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम, २१ बैशाख । लोकतान्त्रिक समाजवादी पार्टीबाट जनकपुरधाम उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार मनोज चौधरीले आफु कार्यकाल सम्हाले लगतै ल्याण्ड फिल्ड साइट निमार्ण गर्ने तर्फ अग्रसर हुने वताएका छन ।

बुधवार जनकपुरधाम उपमहानगरपालिका वार्ड नं २१ स्थित कुर्थामा घरदैलो अभियान संचालनको क्रममा कुर्थावासीसंग प्रत्यक्ष कुराकानी गर्दै मेयर पदका उम्मेदवार मनोज चौधरीले जनकपुरधाममा फोहर व्यवस्थापन कमजोर रहेको अवस्थामा ल्याण्ड फिल्ड साइट निमार्ण गरि जनकपुरधामलाई फोहरमुक्त वनाउने वताए ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपाल जनकपुरधामका अध्यक्ष समेत रहेको चौधरीले जनकपुरधाम धार्मिक तथा पर्यटकिय शहर समेत भएकोले त्यसको मध्यनजर गर्दै जनकपुरधाममा जानकी मन्दिर सम्म निशुल्क बस संचालन गर्ने वताए ।

जनकपुरधामलाई पर्यटकिय क्षेत्रको विकास गरि पर्यटनक्षेत्रको वढावा दिनकालािग जनकपुरधामको रेल्वे स्टेशन,जनकपुरधाम विमानस्थल र र बस पार्क बाट जानकी मन्दिर सम्म निशुल्क वस संचालन गर्ने वताए ।

जनकपुरधाम उपमहानगरपालिका अन्तरगत विभिन्न वार्डमा घरदैलो अभियान संचालन गर्दे आएका मेयर पदका उम्मेदवार मनोज चौधरीले वुधवार कुर्थाटोलको घर घरमा पुगेर भोट मागेका थिए । यस भन्दा पहिलेका मेयरले कुर्था वासीसंग ठगी गरेको भन्दै आक्रोश व्यक्त गर्दै मनोज चौधरीलाई कुर्थावासीको साथ रहेको भनेर टोल वासीले प्रतिवद्धता जनाएका थिए ।

घरदैलो कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर पदकि उम्मेदवार रिता कुमारी मिश्र,लोकतान्त्रिक समजवादी पार्टी धनुषाका अध्यक्ष तथा प्रदेशसभा सदस्य परमेश्वर साह,लोसपा प्रचार प्रसार समितिका अध्यक्ष तथा युवा नेता संजय चौधरी,अमर पजियार,सरिता शर्मा लगायतको नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]