१४ पुष २०८२, मंगलबार
30-12-2025 , Tue
×

उम्मेदबार छोरा कमजोर देखिएपछि उपेन्द्रलाई चिन्ताको भारी

Logo
प्रकाशित शुक्रबार, बैशाख २३, २०७९

न्यूजमधेश डेस्क
विराटनगर ,२३ बैशाख। सत्तारुढ गठबन्धनले तय गरेका उम्मेदबारहरु संकटको अवस्थामा पुगेका छन् । नेताहरुले आफ्नै रगतका साइनोलाई उम्मेदबार बनाएपछि मतदाताले उनीहरुलाई मत नदिने मनसायमा पुगेका छन् ।

पछिल्लो पटक गठबन्धनले बनाएका उम्मेदबारहरु नेताकै रगतको साइनोका छन् । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै छोरीलाई मेयरको र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विराटनगर महानगरपालिकामा आफ्नै छोरालाई उप मेयरको उम्मेदबार बनाएका छन् ।

भरतपुरमा दाहालले आफ्नै छोरी रेणुलाई उम्मेदबारबनाएपछि गठबन्धन अन्तर्गतका कांग्रेसका नेताहरु असन्तुष्ट भई आफ्नै उम्मेदबार बनाएका छन् ।

विराटनगरमा पनि यस्तै अवस्था छ । यहाँ जसपाका सकृय नेता उमश यादवलाई टिकट नदिइएपछि उनी स्वतन्त्र उम्मेदबार बनेका छन् । र, उनले लालटिन चुनाव चिन्ह पाएका छन् । नेकपा माओवादी केन्द्रले टिकट नदिएपछि उपमेयरमा स्वतन्त्र उम्मेदबार बनेकी नमिता न्यौपानेले पनि सोही चुनाव चिन्ह पाएकी छन् ।

उमेर र नमिताले एकै चुनावचिन्ह पाएपछि निर्वाचन एकैसाथ लड्न दुबै जना तयार भएका छन् । उमेशले जसपाको र नमिताले माओवादीको भोट तान्नेछन् । यस्तो अवस्थामा गठबन्धनका उम्मेदबार कमजोर बन्ने आँकलन गर्न सकिन्छ ।

यसका साथै आम मतदाता पनि अध्यक्ष उपेन्द्रका छोरा अमरेन्द्रलाई भोट दिन इच्छुक देखिएका छैनन् । त्यसैले अहिले आफ्नो छोरालाई जिताउनैपर्नेमा बल लगाइरहेका उपेन्द्र यादवलाई चिन्ताको भारी बोक्नुपरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]