१४ माघ २०८२, बुधबार
28-01-2026 , Wed
×

औरहीमा माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन

Logo
प्रकाशित सोमबार, बैशाख २६, २०७९

न्यूजमधेश डेस्क
जनकपुर ,२६ बैशाख । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले धनुषाको औरही गाउँपालिकामा चुनावी गठबन्धन गरेको छ ।

आसन्न निर्वाचनमा माओवादीले गाउँपालिका अध्यक्ष र एकीकृत समाजवादीले उपाध्यक्ष लिएर चुनावी गठबन्धन गरेको जनाएको छ । माओवादीका धनुषा अध्यक्ष दीपककुमार यादव र एकीकृत समाजवादीका अध्यक्ष रामचन्द्र पण्डितले गठबन्धन गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

दुवै दलबीच औरही गाउँपालिकाको अध्यक्षसहित वडा नं. १, ३, ५ र ६ नम्बर वडाको वडाध्यक्ष माओवादीले र उपाध्यक्षसहित वडा नं २ र ४ को वडाध्यक्ष एकीकृत समाजवादीले लिएर गठबन्धन गर्ने सहमति गरिएको जनाइएको छ ।

सहमतिसँगै दुवै दलले संयुक्तरुपमा चुनावी प्रचार–प्रसार सुरु गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]