१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

मटिहानी नगरपालिका मा मृगेन्द्र यादवको चुनावी प्रतिबद्धता: भ्रष्टाचारमुक्त समृद्ध नगरपालिका निर्माण ।

Logo
प्रकाशित सोमबार, बैशाख २६, २०७९

महोत्तरी। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै देशभर चुनावी चहलपहल तीव्र भएको छ।
स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता भएसँगै महोत्तरीमा पनि चुनावी चहलपहल तीव्र बढेको छ । राजनितिक दलहरूले उम्मेदवारी दर्ता गरेपछि आम-मतदाता पनि उत्सुक हुँदै, योग्य उम्मेदवारलाई जिताउन चुनावी अभियान नै सुरु गरेका छन्।

यस्तै, मटिहानी नगरपालिकाको मेयर पदको लागि जनमत पार्टी बाट मृगेन्द्र यादव ले उम्मेदवारी दिएका छन्। नगरपालिकाको विकास र समृद्धिका लागि मेयरको पदमा उम्मेदवारी दिएको उनले बताए।

यादव ले मेयर पदमा विजयी हासिल गरेपछि नगरपालिकामा सबैभन्दा पहिला स्वास्थ्य, शिक्षा र खानेपानी, सडक, विद्युत्, रोजगारीका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।
विकासको सुनिश्चितता कायम राख्नको लागि मटिहानी नगरपालिकाको मेयर पद का लागि उम्मेदवारी दिएका छन । यादव को घर मटिहानी नगरपालिका वार्ड न:३ आबर मा रहेका छन । उनले मास्टर डिग्री सम्म पढेका पनि छन् । उनले भने कि “अब पालो आयो युवा को युवा को बहस चल्छ भने हाम्रो देश को विकास हुन्छ ” । साथै मटिहानी नगरपालिका लाई भ्रष्टाचार मुक्त नगरपालिका बनाउछु ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]