१३ पुष २०८२, सोमबार
29-12-2025 , Mon
×

मटिहानी नगरपालिका मा मृगेन्द्र यादवको चुनावी प्रतिबद्धता: भ्रष्टाचारमुक्त समृद्ध नगरपालिका निर्माण ।

Logo
प्रकाशित सोमबार, बैशाख २६, २०७९

महोत्तरी। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै देशभर चुनावी चहलपहल तीव्र भएको छ।
स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता भएसँगै महोत्तरीमा पनि चुनावी चहलपहल तीव्र बढेको छ । राजनितिक दलहरूले उम्मेदवारी दर्ता गरेपछि आम-मतदाता पनि उत्सुक हुँदै, योग्य उम्मेदवारलाई जिताउन चुनावी अभियान नै सुरु गरेका छन्।

यस्तै, मटिहानी नगरपालिकाको मेयर पदको लागि जनमत पार्टी बाट मृगेन्द्र यादव ले उम्मेदवारी दिएका छन्। नगरपालिकाको विकास र समृद्धिका लागि मेयरको पदमा उम्मेदवारी दिएको उनले बताए।

यादव ले मेयर पदमा विजयी हासिल गरेपछि नगरपालिकामा सबैभन्दा पहिला स्वास्थ्य, शिक्षा र खानेपानी, सडक, विद्युत्, रोजगारीका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।
विकासको सुनिश्चितता कायम राख्नको लागि मटिहानी नगरपालिकाको मेयर पद का लागि उम्मेदवारी दिएका छन । यादव को घर मटिहानी नगरपालिका वार्ड न:३ आबर मा रहेका छन । उनले मास्टर डिग्री सम्म पढेका पनि छन् । उनले भने कि “अब पालो आयो युवा को युवा को बहस चल्छ भने हाम्रो देश को विकास हुन्छ ” । साथै मटिहानी नगरपालिका लाई भ्रष्टाचार मुक्त नगरपालिका बनाउछु ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]