१४ पुष २०८२, मंगलबार
30-12-2025 , Tue
×

जनकपुरधामको मेयरका स्वतन्त्र उम्मेदवार बलरामको शक्ति प्रदर्शन

Logo
प्रकाशित मंगलबार, बैशाख २७, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२७ बैशाख । जनकपुरधामको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बलराम महतोले मंगलबार शक्ति प्रदर्शन गरेका छन् ।

चुनावी प्रचार प्रसारको अन्तिम दिन हजारौंको सहभागितामा महतोले शक्ति प्रदर्शन गरेका हुन् ।आफ्ना समर्थक सहित उनले जनकपुरधाम नगर परिक्रमा गरेका छन् ।

उम्मेदवार महताेले आफूले जनकपुरधामवासीलाई निस्वार्थ भावमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।उनले आफूले निर्माण व्यवसायीको रुपमा गरेका कामहरुमा उपमहानगरले वैमनस्यता देखाएका कारण दुर्दशा भएको भन्दै त्यसलाई सुधार गर्नका लागि आफूलाई चुन्न फेरी अपिल गरे ।

आफूलाई भौतिक संरचना निर्माण कार्यको अनुभव रहेकाले यस क्षेत्रमा राम्रो काम गर्ने दावी गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]