०८ आषाढ २०८१, शनिबार
22-06-2024 , Sat
×

सबैलामा जनमत पार्टीको मेयरका उम्मेदवार बीपी साहको शक्ति प्रदर्शन

Logo
प्रकाशित मंगलबार, बैशाख २७, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२७ बैशाख । सबैला नगरपालिकाको मेयर पदमा जनमत पार्टीबाट उम्मेदवारी दिएका बीपी साहले मंगलबार शक्ति प्रदर्शन गरेका छ्न।

आज चुनावी प्रचार प्रसारको अन्तिम दिन हजारौंको सहभागितामा साहले शक्ति प्रदर्शन गरेका हुन् ।आफ्ना समर्थक सहित उनले सबैला नगरपालिकाको प्रत्येक वडाको परिक्रमा गरेका छन् ।

उम्मेदवार साह आफूले सबैला नगरबासीले निस्वार्थ भावमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले “चुनावी प्रचार प्रसारको अन्तिम दिन आज हाम्रो जनसमर्थन महारैलीमा जनसहभागिता देखेर भावुक बनेको छु। नयाँ योग्य नेतृत्वका लागि सबैला नगरपालिका बासी आतुर रहेको बताए।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । धनुषा र सिरहालाई जोड्ने कमला पुल यस वर्ष पनि नबन्ने भएको छ । निर्माण सम्पन्न भएर उद्घाटन हुनुअगावै भासिएको उक्त पुल तीन वर्ष बितिसक्दा पनि निर्माण हुनसकेको छैन । गत चैत १८ गते पुलको निरीक्षण गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ठेकेदारलाई असार १५ गतेसम्म पुल निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको थियो […]

जनकपुरधाम । प्रत्येक विद्यालयका पाठ्यक्रममा ट्राफिक सम्बन्धी विषय राख्नुपर्ने आवश्यक रहेको मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बताए। बिहिवार जनकपुरधाममा मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा भएको ट्राफिक जनचेतनामूलक कार्यक्रम -२०८१ (ट्राफिक सप्ताह ) समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले विद्यालयको पाठ्यक्रममा ट्राफिक सम्बन्धी विषय राखेपछि सडक दुर्घटना कमि आउने बताए। मुख्यमन्त्री सिंहले […]

लहान । सिरहा र सप्तरी जिल्लाको सिमाना रहेको बलान नदीको पूर्वी किनाराको कटान रोक्न सुरक्षाकर्मीले अस्थायी तटबन्ध निर्माण थालेको छ । सप्तरी जिल्ला विपद व्यवस्थान समितिको निर्णयअनुसार मनसुन प्रतिकार्य योजनाअन्तर्गत तटबन्ध निर्माण थालिएको हो । बलान विहुल गाउँपालिका– ४ बेल्हीस्थित निर्माणाधीन बाँधमा बाढीले कटान गरेपछि सशस्त्र प्रहरी बल नेपाल ६ नम्बर गणबाट सशस्त्र प्रहरी निरीक्षक […]