१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

मौन अवधिमा रात्रि क्लवहरुमा पनि मदिरा बेच्न रोक

Logo
प्रकाशित बुधबार, बैशाख २८, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,२८ बैशाख । स्थानीय तह निर्वाचनको मौन अवधि सुुरु भएसँगै स्थानिय प्रशासनले मदिरा बेच्न रोक लगाएको छ ।
मंगलबार मध्यराति मदिरा बिक्री वितरण तथा सेवन नगर्न काठमाडौं जिल्ला प्रशासनसहित अधिकांश जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ ।

यस्तै, मौन अवधिमा काठमाडौं उपत्यकाका नाइट क्लवहरुमा समेत मदिरा बेच्न र सेवन गर्न जिल्ला प्रशासन कार्यालयले निषेध गरेको छ । मौन अवधिमा रात्रि क्लबहरूमा मदिरा बेच्न र सेवन गर्न रोक लगाइएको काठमाडौंको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।

उनका अनुसार नाइट क्लबहरूमा पनि बिक्री वितरण निषेध गर्न सुरक्षाकर्मीले निगरानी गर्नेछन् । स्थानीय तह निर्वाचन निर्देशिका–२०७८ को दफा–७१ अनुसार ‘मादक पदार्थ निषेध गर्ने’ व्यवस्थाअनुसार स्थानीय प्रशासनलाई मदिरा बेच्न र खान निषेध गर्ने कानुनी व्यवस्था छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]