१४ पुष २०८२, मंगलबार
30-12-2025 , Tue
×

सप्तरीमा मतदानस्थल परिवर्तन

Logo
प्रकाशित बुधबार, बैशाख २८, २०७९

न्यूजमधेश डेस्क
राजविराज ,२८ बैशाख ।सप्तरीमा आज एउटा मतदानस्थल परिवर्तन गरिएको छ । जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार चार मतदान केन्द्र रहेको विष्णुपुर गाउँपालिकास्थित जमुनी मधेपुराबाट मतदानस्थल फेरिएको हो ।

सो मतदानस्थललाई शारदा मावि जमुनी मधेपुरामा सारिएको जिल्ला निर्वाचन अधिकारी रमेश जोशीले जानकारी दिए । उनका अनुसार पुरानो ठाउँबाट उक्त मतदानस्थल एक सय मिटरको दूरीमा छ ।

पहिले तोकिएको मतदानस्थलमा स्थान अभावका कारण मतदान गर्न ज्यादै असहज हुने भएकाले निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकले नयाँ स्थल कायम गरेको निर्वाचन अधिकृत यादवप्रसाद न्यौपाने बताए ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि सप्तरीमा २९७ मतदानस्थल निर्धारण गरिएको छ । यसमा २०८ अतिसंवेदनशील, ८५ संवेदनशील र चार मतदानस्थल सामान्य रहेको छ ।

जिल्लाको नौ नगरपालिका र नौ गाउँपालिकाको २९७ मतदानस्थलमा व्यवस्था गरिएको ५३६ मतदान केन्द्रका लागि ५३६ मतदान अधिकृत र यतिकै सङ्ख्यामा सहायक मतदान अधिकृत खटिएका छन् ।

मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगीहरु मतपत्र, मतपेटिकालगायत निर्वाचन सामग्री लिएर आ–आफ्नो मतदान केन्द्रमा हिँडिसकेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]