१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

जनकपुरमा मुस्लिम आयोगका अध्यक्ष अन्सारी बसेको होटल घेराउ

Logo
प्रकाशित बिहिबार, बैशाख २९, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२९ बैशाख । मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीमाथि पैसा बाँडेको आरोप लागेको छ ।

जनकपुरधामस्थित सीताशरण होटलमा बसेर अन्सारीले मतदातालाई रिझाउन पैसा बाँडेको आरोप एमालेका कार्यकर्ताहरुले लगाएका छन् ।

एमालेका कार्यकर्ता अन्सारी बसेको होटल घेराउ गर्न पुगेपछि सो क्षेत्र तनावपूर्ण बनेको छ ।

मुस्लिम समुदायका अगुवालाई बोलाएर अन्सारीले रकम वितरण गरिरहेको सूचना पाएपछि आफूहरु त्यहाँ पुगेको नेकपा एमालेका जनकपुरधाम नगर कमिटी सचिव राजु साहले दाबी गरे ।

नेकपा एमालेका कार्यकर्ता पुगेर होटेल नै घेराउ गरेपछि पुगेको प्रहरी टोलीले अन्सारीलाई सुरक्षासहित बाहिर निकालेको छ । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]