२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

कमलामा रकम बितरण गरिरहेको आराेपमा वडा सदस्यका उम्मेदवार पक्राउ

Logo
प्रकाशित बिहिबार, बैशाख २९, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२९ बैशाख । धनुषाको कमला नगरपालिकामा मतदातालाई रकम वितरण गरेकाे आराेपमा एक जना वडा सदस्य पदका उम्मेदवार पक्राउ परेका छन् ।

बिहीबार राति वडा नम्बर ७ मा रकम बितरण गर्न लाग्दा सोही वडाका सदस्य पदका उम्मेदवार बेचन महतो पक्राउ परेका हुन् । उनी कांग्रेसबाट उम्मेदवारी दिएका छन् ।

महताेले रकम वितरण गरिरहँदा स्थानीयले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको छ ।

इलाका प्रहरी कार्यालय खजुरीका अनुसार महतोले रकम वितरण गरिरहेकाे हल्ला भएपछि पुगेको प्रहरी टोलिले सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

उनको साथबाट १५ हजार ५ सय वरामद भएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]