११ पुष २०८२, शनिबार
27-12-2025 , Sat
×

चुरे मधेश विकास मंचले चुरे विनाश हुने कार्य बन्द गर्नुपर्ने माग

Logo
प्रकाशित शनिबार, साउन ११, २०७६

सुरेन्द्र सिंह,जनकपुरधाम । चुरे मधेश विकास मंचद्वारा चुरे विनाश हुने कार्य बन्द गर्नुपर्ने जोरजार माग गरेको छ।

जथाभावी ढुंगा , गिटी र बालुवाको निकासीले चुरे क्षेत्रमा खतरा बढेको भन्दै यसको निकासीमा रोक लगाउनु पर्नेमा चुरे मधेश विकास मन्च केन्द्रिय कार्य समिति जनकपुरधामले शनिबार पत्रकार सम्मेलन गरेर ९ बुदे माग अगाडि सारेको छ।

मन्चले २०२२ सालको नापी अनुसार वनका जग्गा नापी गरि सीमांकन गरौ र अतिक्रमणमा परेका जग्गाहरुमा पुन्ह वृक्षारोपन गरि वन जङ्गलमा परिणत गर्नुपर्ने माग गरेका छ्न । त्यस्तै मानव बसति रहित चुरे घोषण गरि चुरे क्षेत्रमा रहेका मानव वस्तिलाई व्यवस्थित गरी जिवन स्तरमा वृद्घि हुने गरि जिविको पार्जनमा सेवा पुग्ने व्यवस्था गर्नुपर्ने , चुरे क्षेत्र र खोला नालाबाट अवैध तरिकाले ढुङ्गा, गिट्टी, बालुवाको निकासी र चुरे क्षेत्र भित्र सञ्चालनमा रहेका क्रसर बन्द गर्नुपर्ने , चुरे सुरक्षा बल गठन गर्नुपर्ने , विकाशका नाममा आवश्यकता भन्दा बढी र विकल्प हुदा हुदै वन विनाश र चुरे विनाश हुने कार्य बन्द गर्नुपर्ने मधेश विकास मन्चका महासचिव अमन यादवले बताए ।

त्यस्तै साना, ठूला नदी र खोला नालालाई संरक्षण गर्नु तथा तटबंध लगाउनुको साथै नदी र खोल्लामा ड्यान निमार्ण गरि सिचाईको प्रयोगमा ल्याउनु पर्ने , बाटो, खोला, नालाको दुवै तिर र सार्वजनिक जग्गामा वृक्षारोपन गरिने निति नियम निमार्ण गर्नुपर्ने , खुल्ला चरिचरण बन्द गरि व्यवस्थित चरि चरणको व्यवस्था मिलाउनु पर्ने र वाढी पिडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने जस्ता माग गरेको चुरे मधेश विकास मन्चका सचिव लक्ष्मी सिंह दुनवारले बताएका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]