०४ माघ २०८२, आइतबार
18-01-2026 , Sun
×

जनकपुरधाममा कांग्रेसका बागीको उम्मेदवार मनोजको अग्रता

Logo
प्रकाशित शनिबार, बैशाख ३१, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,३१ बैशाख । जनकपुरधाम उपमहानगरपालिकामा बिहानदेखि मतगणना जारी छ ।

वडा नम्बर १ को ४ सय मत गणना हुँदा नेपाली कांग्रेसबाट राजीनामा दिएर मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका मनोज साहले अग्रता लिएका छन् ।

साहले १ सय ३५ मत प्राप्त गरेका छन् । नेकपा एमालेका शिवशंकर साह ‘हिरा’ ले ४५ र अर्का स्वतन्त्र उम्मेदवार बलराम साहले ३३ मत प्राप्त गरेका छन् ।

सत्तारुढ गठबन्धनका उम्मेदवार लालकिशोर साहले २८ मत प्राप्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]