
न्यूजमधेश डेस्क
जनकपुरधाम, ३१ बैशाख ।धनुषाको लक्ष्मिनिया गाउँपालिकामा मतगणना सुरु भएको छ ।
उक्त गाउँपालिकाको सुरुवाती मतगणनामा पालिका अध्यक्ष र उपाध्यक्षमा सिके राउतको जनमत पार्टीले अग्रता लिएको छ ।
जनमत पार्टीका अध्यक्ष उपाध्यक्षले क्रमश १६१ र १२३ मत ल्याउँदा प्रतिस्पर्धी जसपाका उम्मेदवारले क्रमश १०४ र १०२ मत ल्याएका छन् ।
सुरुवाती चरणमा यो पालिकामा एमाले तेस्रो स्थानमा छ । एमालेका उम्मेदवारले ९१ र ८६ मत ल्याएका छन् ।