२८ माघ २०८२, बुधबार
11-02-2026 , Wed
×

सर्लाहीमा काँग्रेसले मलंगवा १ बाट खोल्यो खाता

Logo
प्रकाशित शनिबार, बैशाख ३१, २०७९

न्यूजमधेश डेस्क
सर्लाही ,३१ बैशाख । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत अहिले देशभर मतगणना भइरहेको छ । केही स्थानहरुको नजिता समेत सार्वजनिक भइसेको छ ।

सर्लाहीमा पनि केही स्थानबाहेक अधिकांश स्थानमा मतगणना भइरहेको छ ।

यसैक्रममा सर्लाहीमा नेपाली काँग्रेसले मलंगवा नगरपालिका १ बाट विजय सुरुवात गरेको छ । जिल्ला सदरमुकाम समेत रहेको मलंगवा नगरपालिका १ मा नेपाली काँग्रेसका उमेदवार नबलकिशोर यादव विजयी भएका छन् ।

मतगणनामा सहभागि स्रोतका अनुसार ४५ वर्षीय नवलकिशोर ४२३ मत सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका राजकिशोर राय यादवले ४११ मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट आधिकारिक अन्तिम मतपरिणाम भने आउन बाँकी छ । त्यहाँ वडाध्यक्षको उम्मेद्वारमा दुईजना मात्र थिए ।

मेयरतर्फ भने कांग्रेसका नागेन्द्र प्रसाद रायले ४५५, जसपाका निरसल साहले ३६६ र नेकपा एकीकृत समाजवादीका देवेन्द्र रायले ८ मत प्राप्त गरेका छन् । उपमेयरमा भने कांग्रेसकी सकुन्तला देवीले ४१८, जसपाकी पानोदेवीले ३७३ र लोसपाकी सीमा झाले १९ मत प्राप्त गरेकी छिन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]