१२ पुष २०८२, आइतबार
28-12-2025 , Sun
×

जनमत पार्टी रुपन्देहीले संगठन विस्तारमा निरन्तरता दिदै

Logo
प्रकाशित शनिबार, साउन ११, २०७६

भैरहवा ।डा सीके राउत नेतृत्वका जनमत पार्टीले रुपन्देही जिल्लाको सांस्कृतिक नगरपालिका -१० मा शनिबार वडा स्तरीय समिति गठन गरेको छ।

पार्टीले रुपन्देहीका विभिन्न नगरपालिका तथा गाउपालिकाको वडाहरुमा संगठन निर्माण गरिरहेको
युवा नेता संजय मिश्रले जानकारी दिएको छ। त्यसैगरी शनिबार पिन्टु कहारको अध्यक्षतामा ५१ सदस्यीय वडा समिति गठन गरेको छ।

त्यस्तै मर्चवार गाउँपालिका वडा नम्बर ३ मा पनि वडा समिति विस्तार गरिएको जनमत पार्टीका नेता संजय कुमार मिश्राले भने अब मधेशी जनताको हक अधिकारको लागि मात्र जनमत पार्टीले जनताको पक्षमा काम गर्ने दावी गरेका छ्न।

कार्यक्रम सुनिल यादवको नेतृत्वमा ४५ सदस्यीय वडा समिति गठन गरिएको मिश्राले बताए । कार्यक्रममा पार्टीका नेता युवा नेता रामकेश गुप्ता, सागर वर्मा, कृष्ण कोहार, राधेश्याम गुप्तालगाइतका नेताहरुको उपस्तिथि रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]